शनिबार, बैशाख ८, २०८१

मोती पत्रकारिता पुरस्कार भण्डारीलाई, केटो पुरस्कार लामालाई

बिर्तामोड फागुन १ , नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार अग्रज पत्रकार चन्द्र भण्डारीलाइ र केटो पत्रकारिता पुरस्कार युवा पत्रकार डिकेश लामालाई प्रदान गरिने भएको छ । महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा आइतबार बिर्तामोडमा सम्पन्न कार्यसमितिको chandraबैठकले उक्त निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

भण्डारीलाई प्रदान गरिने मोती पत्रकारिता पुरस्कारको राशी ५१ हजार र लामालाई प्रदान गरिने केटो पत्रकारिता पुरस्कारको राशी १५ हजार रुपैया रहेको महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । त्यस्तै हरेक तीन वर्षमा प्रदान गरिने उक्त पुरस्कार यही फागुन ७ गते महासंघको १२ औं जिल्ला अधिवेशनमा बिर्तामोडमा प्रदान गरिने समाचारमा जनाईएको छ ।  पुरस्कृत पत्रकारद्दय मध्ये भण्डारी कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक र लामा पूर्व सन्देश दैनिक र सप्तरंगी एफएममा आबद्ध छन् ।