मङ्लबार, बैशाख १८, २०८१

निर्वाचन आयोगमा तीन आयुक्त सिफारिस

काठमाडौ माघ १४, संवैधानिक परिषद्को आज बसेको बैठकले निर्वाचन आयोगमा तीन निर्वाचन आयुक्त सिफारिस गरेको छ । बैठकले सिफारिस गरिएका Captureआयोगमा निर्वाचन आयुक्तहरूमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साह रहनु भएको छ । त्यस्तै सिफारिस भएका तीन आयुक्तको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपसभामुख यादव र मुख्य सचिव डा सोमलाल सुवेदी सहभागी हुुनुहुन्थ्यो ।