बिहिबार, बैशाख १३, २०८१

मालपोत अधिकृत रिमालविरुद्ध मुद्धा दायर

काठमाडौ माघ १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली दस्तखत र छाप लगाई मिलेमतोमा प्रमाणित नभएको जग्गा बेच्ने मालपोत अधिकृत anup_20160320_98शिवप्रसाद रिमालविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा शाखा अधिकृत रिमालले काठमाडौँको स्यूचाटार–८ मा रहेको प्रमाणित नभएको जग्गा केही व्यक्तिको मिलेमतोमा सक्कल जग्गाधनी दर्ता श्रेस्तामा गैरकानुनी तबरले अक्षरहरू थप्ने र श्रेस्ताको सहीछाप गरेको अभियोगमा मुद्धा दायर गरिएको उल्लेख गरिएको छ ।