मङ्लबार, बैशाख २५, २०८१

विधेयक बैंकिङ क्षेत्रको विकासमा ‘ब्रेक थ्रु’ : अर्थमन्त्री महरा

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) पारित, किङ क्षेत्रमा बढ्दो विसङगति सुधार गर्ने लक्ष्य

काठमाडौं पौष २७, व्यवस्थापिका  संसद्को मंगलवारको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको captureबैंक तथा वित्तीय संस्थासम्बन्धी (बाफिया) विधेयक बहुमतले पारित गरेको छ।
बैठकमा प्रस्तुत विधेयकका सवालमा सांसदहरुले विधेयककाबारेमा उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले बैकिङ क्षेत्रमा बढ्दो विसङगतिलाई सुधार गर्नका लागि प्रस्तुत विधेयकको आवश्यकता महसुस गर्नुको अलावा बैंकप्रति जनताको विश्वास बढाउने लक्ष्य अनुरुप रहेको जनाउ दिनु भएको थियो ।

साथै उहाँले यो विधेयक बैंकिङ क्षेत्रको विकासमा ‘ब्रेक थ्रु’ हुने भन्दै विधेयक पारित भएपछि मुलुकको अर्थतन्त्रमा आशातित रुपमा सुधार आउने विस्वास समेत व्यक्त गर्नु भएको थियो । स्मरण रहोस प्रस्तुत विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्तिको योग्यता र कार्यकाललगायतको व्यवस्थालाई सुनिश्चित गरिएको छ । जसअनुसार विधेयक पारितभएसंगै अव बैंक सञ्चालक र सीईओ दुई कार्यकाल मात्रै बन्न पाउने भएको छ । त्यस्तै राष्ट्रपतिबाट लालमोहर लागेपछि ऐन कार्यान्वयनमा जाने वतार्इएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031