मङ्लबार, बैशाख १८, २०८१

मन्त्रिपरिषद् बैठक: त्रिशूली ३ ‘ए’ परियोजनाको ड्याम साइट मर्मतका लागि रु ६१ करोड १८ लाख वियोजन

काठमाडौ पौष १४,  मन्त्रीपरिषदकाृे आज बसेको बैठकले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको ड्याम साइट मर्मत सम्भारका लागि रु ६१ करोड १८ mantri-602x256लाख र पोखरा खानेपानी सुधार आयोजनाका लागि रु चार अर्ब ४३ करोड विनियोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभएको छ ।

त्यस्तै प्रवक्ता कार्कीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र समग्र शिक्षाका लागि एसियाली विकास बैंक (एडिबी) बाट प्राप्त हुने रु र्२ अर्ब १२ करोड स्वीकृति गर्ने निर्णय गर्नुको अलावा केमिकल इञ्जिनियरिङ, केमिकल इञ्जिनियरिङ एन्ड पोलिमर साइन्स, बायो मेडिकल, बायो टेक्नोलोजीलगायत इञ्जिनियरिङका विभिन्न विधालाई पनि इञ्जिनियरिङ अनुसूचीमा समाहित गर्ने निणर््ाय गरिएको जानकारी दिनु भएको छ ।

मन्त्रिपरिषद् बैठकल पुनःनिर्माण प्राधिकरणमा कार्यरत इञ्जिनियरका लागि जिल्ला सदरमुकाममा भएकालाई ५० प्रतिशत र दुर्गम क्षेत्रमा भएकालाई ७५ प्रतिशत भत्ताको व्यवस्था गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिदै नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र केसीलाई महासेनानीमा पदोन्नति, गर्नुको साथै प्रेस काउन्सिल नेपालको सञ्चालक समिति सदस्यमा पत्रकारद्वय नवलकिशोर यादव र सङ्गीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको उहाँले जानकारी दिनु भएको छ ।