बिहिबार, बैशाख १३, २०८१

नापी सर्वेक्षक साहविरुद्ध मुद्धा दायर

 anup_20160320_98काठमाडौ पौष १४ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग हाल साविक गर्ने प्रयोजनका लागि रु १५ हजार घुस रकम लिदै गरेको अवस्थामा नियन्त्रणमा लिएका नापी कार्यालय रुपन्देहीमा कार्यरत नापी सर्वेक्षक गङ्गाप्रसाद साहविरुद्ध आज मुद्धा दायर गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा नापी सर्वेक्षक साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन जनाउँदै े आज विशेष अदालतमा मुद्धा दायर गरेको उल्लेख गरिएकोे छ