आइतवार, जेष्ठ ६, २०८१

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवावीचको छलफलसंगै अवरुद्ध संसद सूचारु हुने संकेत

 संविधान संशोधन प्रस्तावलाई तत्काललाई थाँती राखेर निर्वाचनसम्बन्धी ऐन तथा कानूनहरु पारित गरिने

काठमाडौ मार्ग २७, व्यवस्थापिका संसदमा विधान संशोधन प्रस्ताव दर्ता भएयता संसद बैठकको सम्पूर्ण कारवाही अवरुद्ध पार्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र काँग्रेसका सभापति शेरबहादुर देउवावीच अवरुद्ध संसद सूचारु गर्दै कसरी अगाडि बढ्न सकिन्छ भन्ने सवालमा आईतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा विशेष छलफल भएको छ ।

three-lederउहाँहरुवीचको छलफलमा संविधान संशोधन प्रस्तावलाई तत्काललाई थाँती राखेर निर्वाचनसम्बन्धी ऐन तथा कानूनहरु पारित गर्ने संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव छिनाफानो गरेपछिमात्रै संशोधन प्रस्तावलाई टुँगो लगाउने विषयमा सहमति बनेपछि लामो समयदेखि अवरुद्ध हुँदै आएको अवरुद्ध संसद सूचारु हुने भएको छ ।

भेटवार्तापछि काँग्रेस सभापति देउवाले पछिल्लो समय प्रमुखदलबीच देखिएको विश्वासको सङ्कटका कारण विभिन्न समस्या सिर्जना भएको र साको समाधानकाका लागि सहमति र सहकार्य सहित अगाडि बढ्नु विकल्प नभएको पक्षलाइ आत्मासात गर्दै समस्या समाधानको मार्ग पहिल्याउँने सहमति भएको जानकारी दिनु भएको छ ।