काठमाडौ मार्ग २१, तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएको छ । जयललिताको सोमबार मध्यरात १२ बजे निधन भएको छ । उनलाई आईतबार ह्रदयघातका कारण अस्पताल भर्ना गरिएको थियो । सोमवार साझ त्यहाँका स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमहरुले उनको निधन भएको समाचार प्रसारण गरेको थियो पछि उक्त समाचाारलाई एपोलो अस्पतालले विज्ञप्ति जारी गर्दै अस्वीकार गरेको थियो। तर सोमबार राति भने अस्पतालले नै उनको निधन भएको पुष्टि गरेको छ । उनी विगत दुई महिनादेखि अस्पतालमा उपचाररत थिइन् । उनको निधन पश्चात एपोलो अस्पतालको बाहिर उनका शुभचिन्तकहरूको बाक्लो भिड जम्मा भएको छ । भिडलार्इ नियन्त्रण गर्नका लागि प्रहरीले लाठि चार्जसम्म गर्नु परेको छ । तमिल नाडुमा आमा भनेर निकै चिनिएकी जयललिता अस्पतालमा गत सेप्टेम्बर २२ देखि उपचार गराइ रहेकी छन् ।
जयललिता चलचित्रबाट राजनीतिमा प्रवेश गरेकी हुन्। उनी भारतको पूर्वस्टार नायिका समेत हुन् । ६८ वर्षीय जयललिताको उपचारका लागि एम्स र बेलायतबाट चिकित्सकहरूको विशेष टोली खटाइएको थियो ।उनको निधनको दुखद समयमा प्रदेशमा ७ दिन राजकिय शोकको घोषणा गरिएको छ ।