सोमवार, जेष्ठ ७, २०८१

संविधान संशोधनको सवालमा प्रमुख दलका शिर्ष नेतात्रयवीचको छलफल निष्कर्षविहिन

पहिलो कार्यान्वयन अनि संशोधन : नेकपा एमाले

 सर्वस्वीकार्य नबनाएसम्म संविधान कार्यान्वयन  असंभव  : संघीय गठबन्धन

काठमाडौ मार्ग ६ , प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सोमबार पनि संविधान संशोधनबारे सहमति कायम गर्न भन्दै बसेको बैठक विना निष्कर्ष टुङगिएको छ ।

three-lederप्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा आज साँझ प्रम निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको र्बठकमा एमालेका नेताहरुले संविधान संशोधनको कारण माग गर्दै संविधानको कार्यान्वयन नै नगरी संशोधन गर्दा मुलुक झन् समस्यामा फस्ने जनाउ दिदै संशोधन प्रक्रियाको कारण माग गरेपछि बैठकमा सहमति जुट्न नसक्नुको अलावा विना निष्कर्ष टुङगीएको हो ।

सरकारले नागरिकता, भाषा र सीमांकनलगायतका विषयमा संशोधन गर्ने गरी तयार पारेको प्रस्तावमा सहमति जुटाउन प्रतिपक्षी एमालेको साथ खोज्दै गर्दा प्रतिपक्षी एमाले भने यो वा त्यो कारण् माग गर्दै आइरहेका छन भने संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सङ्घीय समाजवादी फोरम पर्साले सोमबार अयोजना गरेको पत्रकार सम्मेलनलाई संविधानलाई संशोधन गरी सर्वस्वीकार्य नबनाएसम्म संविधान कार्यान्वयन हुनै नसक्ने बताएका छन ।

 बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री निधि, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, एमालेका तर्फबाट अध्यक्ष केपी  ओली, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतागणको उपस्थिती रहेको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031