काठमाडौं मार्ग १ , माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीका बीचमा आज अपराह्न संविधानसभा भवन वानेश्वर मा संविधान संशोधनका विषयमा विशेष छलफल भएको छ ।
उहाँहरुबीचको छलफल मुलत मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव दर्ताको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न दिएको समयसिमा लगायतका सवालमा केन्द्रीत रहेको र छलफल सकारात्मक रहेको छलफल पछि प्रम दाहालले सञ्चारकर्मीलाइ संक्षिप्त प्रतिक्रिया दिन भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।