आइतवार, जेष्ठ ६, २०८१

हामी जनता,हाम्रा पीडा…ए सरकार ध्यान यतातिर कहिले?

IMG_20150414_132016-1-रविना महर्जन

नेपाल सुन्दर,शान्त अनि विशाल।आहा कति आनन्द आउँछ यी शब्दहरु पढ्दा। तर आज यहि देशका अधिकांश जनता अनेकौँ समस्या, अनि अभावमा दिनहरु काटिरहेका छन्। विगत केहीवर्ष यता देखि राष्ट्र अनि राष्ट्र्वासीले अनेकौँ समस्या झेल्दै आउनुपरेको छ। २०७२ सालको सुरुवात मै महाविनाशकारी भूकम्पले लाखौँ मानिसलाइ घरबार विहिन बनायो।हजारौंले परिवार गुमाए,अपाङ शरीर लिएर आज पनि संघर्ष गर्दै दिन काटिरहेका छन्।कैलाली घटना प्रकरणले प्रहरी परिवारमा एक खालको त्रास भरिदियो।यस्तै यस्तै घटनाको विचमा राष्ट्रले नयाँ संविधान प्राप्त गर्यो। २०७२ असोज ३ गतेको त्यो ऐतिहासिक दिनले दिएको खुशी जनताले धेरै दिन मनाउन पाएनन्।

राजनितिक अस्थिरता ,सत्ताका अनेकौं षड्यन्त्र बुन्न माहिर टाउकेहरुका निजी स्वार्थका कारण लाखौं जनता प्रभावित हुन पुगे जुन क्रम अझै पनि रोकिएको छैन। महिनौँ लामो आन्दोलन,बन्द त्यसमाथी भारतद्वारा लगाइएको नाकाबन्दीका कारण सर्वसाधारण जनता निकै मारमा परेका थिए।इन्धनको अभावमा यातायात ,औद्योगिक ,शैक्षिक ,आर्थिक क्षेत्रमा हुन गएको नोक्सानले सिँगो देशको विकासमा प्रत्यक्ष प्रभाव पार्यो। भूकम्पको मार खेपेका,पालमुनिको बास,आफन्त गुमाउनुको पीडा सेलाउन नपाउँदै नाकाबन्दीले अर्को जटिल समस्या थपिदियो।कथै जनताहरु भोकभोकै रात काटिरहेका थिए भने कतै सत्ता प्राप्ति तथा व्यक्तिगत स्वार्थका लागी कोहि अनेकन जालो बुनिरहेका थिए।गरिबीले ग्रसित सर्वसाधारणले महँगीको चर्को मार पनि खेप्नुपर्यो तर पनि सरकार मुकदर्शक बनेर मौन नै रह्यो।  राजनैतिक स्वार्थका लागि बेलाबखत गरिने हड्ताल,नेपाल बन्दले दैनिक काम गरेर आफ्नो अनि परिवारका पेट पाल्नुपर्ने बाध्यता रहेका जनतालाइ उस्तै समस्या थपिदिएको छ। उनिहरुको कमाइ गरेर खाने बाटो बन्द गर्ने अधिकार कसले दियो ररुरुदेश भित्रै काम गर्न नदिने,रोजगारका लागि विदेशिन बाध्य पार्ने ,विदेशमा मारिएपछी लास सहितको बाकस परिवारलाई हस्तान्तरण गरेर ठूलो काम गरेँ भन्दै छाती फुलाएर हुन्छ ररुरु सुत्केरी बेथाले छ्ट्पटाएका कयौँ महिलाहरुले बन्द कै कारण समयमा अस्पताल जान नपाउँदा ज्यान गुमाए।यस्ता घटनाहरु पत्रपत्रिका,टेलीभिजन तिर आए पनि तर सम्बन्धित निकायले यस तर्फ खासै चासो देखाएको पाइएन।  अरुबेला शिक्षा सबै बालबालिकाका मौलिक हक हुन् भन्दै बिगुल फुक्ने बन्दका दिन किन मौन रहन्छन्रु लाखौँ विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार हनन भएको देख्दादेख्दै मुखमा ताला ठोकेर नामर्द झैँ कति बस्न सकेका हुन् यी देश हाँक्ने जिम्मा लिएका बुद्धिजिवी भनाउँदाहरु ।राष्ट्रहितका लागि भन्दै अर्काको गुलामी गर्न पोख्त भैसकेका,व्यक्तिगत तथा पार्टीगत स्वार्थका लागि बन्द गराउँदै स्कुल बस,यात्रु चढेका बस,बिरामी बोकेका एम्बुलेन्स तोड्फोड गरि आगजनी गर्नु के न्यायसंगत होला र?   नौ महिना कोखमा हुर्केपछी एक शिशुको जन्म हुन्छ। प्रधानमन्त्री चयनपनि खेल जस्तो भइसक्यो। एकताबद्ध भइ राष्ट्र अनि जनताको हितका लागि नसोची नौ रनौ महिनाको अन्तरालमा सरकार ढाल्ने अनि नयाँ सरकार बनाउन लागि परेका देख्दा हाँसो लाग्नु पनि स्वभाविकै हो। प्रत्येक नौ महिनामा नयाँ प्रधानमन्त्री नियुक्त हुने देश कुन हो भनेर गुगलमा खोज्दा,नेपाल भनेर आउन अब धेरै दिन लाग्छ जस्तो लाग्दैन।जनतालाइ भ्रममा राखी पटकपटक मागेका भोटको कदर गर्न कहिले जान्ने हुन्रु यतातिर कहिले ध्यान जाने हो,केही टुंगो छैन।

प्राकृतिक विपत्तीले पनि जनतालाई सास्ती थपेको थप्यै छ।धान रोप्ने खेत जस्तो भएको सडकबाट दैनिक जस्तो  जनता गन्तव्य तिर हिँड्न परिरहेको छ। टिलिक्क टल्केका पजेरो गाडीभित्र चिसो हावाको मज्जा लिँदै अगाडि पछाडी प्रहरीका भ्यान लाइन लगाएर हुँइकिनेलाइ यस्ता समस्या निराकरण गर्न तिर सोच्ने फुर्सद कहाँ होला र ?  जता गयो उतै भ्रष्टाचार ,हुँदाहुँदा पुल देखि सडक निर्माणमा समेत भ्रष्टाचार ।महिनौँ चुप लाग्यो अनि जब असार लाग्न लाग्यो हतार हतार बाटो ,पुल बनाउने प्रोजेक्ट सुरु हुन्छन् ।चार महिना पछि फेरि भत्किँदै जान्छ तर अनुगमन गर्ने निकाय कहाँ आँखा चिम्लेर बसेका हुन्छन् अत्तोपत्तो हुँदैन।बर्सेनि मुग्लीङ नारायणगढ सडक खण्ड वर्षा याममा पहिरोका कारण अवरुद्ध हुने गर्दछ। मुग्लीङ बाट नारायणगढ सम्म पुग्न छ घन्टा लाग्यो भनेर यात्रु हरु गुनासा गर्छन् ।जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको थाहा पाएर पनि अन्धो भएको नाटक गर्न कति सकेका हुन् ए सरकार।  सडकको हालत उस्तै ,तराइमा बाढी पहिरोकै कारण यसै वर्षमात्र सयौँ मानिसले ज्यान गुमाउन पर्यो।हजारौँ घरबार विहिन भएर बसिरहेका छन्।रोग फैलीएर दिनहुँ अस्पतालमा बिरामीको संख्या बढिरहेको छ,उपचार गर्ने डाकटरहरु आफुखुसी बिदामा,कोहि आन्दोलनमा।विचरा जता बाट पनि मार पर्ने सर्वसाधारण लाई नैरु बगाएका घर हेर्दै रुँदै बसेका जनता राहत पाउने आशमा आँखा रसिला पार्दै कुर्दा कुर्दै थाकिसके तर राहत पाउन सक्या छैनन्।के गर्नु राहतमा पनि भ्रष्टाचार हुन्छ यहाँ।  उफ् यसरी समस्या अनि पिडामा बाँचिरहेका जनताको बारेमा सोच्ने फुर्सद कहिले निकाल्ने हुन् हाम्रा देशका नेताहरुले रु नयाँ भोजभतेर,भ्रमण,भेटघाटमा बित्ने होला एक वर्ष अनि फेरि नयाँ सरकार अनि पुरानै क्रियाकलाप दोहोरिन्छन् अनि हामी जनता त सधै समस्या अनि अभाव मैरुरु एकतामा शक्ति हुन्छ भन्ने कुरा २०६२/६३ को जनआन्दोलनले देखाइसके नेपाली जनताहरुले। फेरि पनि शक्ति प्रदर्शन गर्न बाध्य जनतालाइ नपारियोस्। सुकेको खहरेले कुनै दिन विशाल नदि बनेर तहसनहस पार्न सक्छ भन्ने चेतना आओस् । रोजगारीका लागि खाडी मुलुक जान तयार युवाहरुलाई राष्ट्र भित्रै रोजगारीका अवसर सिर्जना गर्ने ,बन्द हडताल मुक्त अनि जनताका मर्का बुझ्ने सरकारको पर्खाइमा जनता बसिरहेका छन् ।यतातिर पहिले सोच्ने कि? 

(महर्जन -शिक्षण  पेशामा  आवद्ध हुनुहुन्छ ।)