आइतवार, जेष्ठ ६, २०८१

धर्म निरपेक्षताका कारण नै हाम्रो देशको राष्ट्रियता संकटमा

सबै बर्ग , समुदाय , लाई समेटेर नेपालीको अपनत्व महसुस हुन सक्ने संबिधान बन्नु पर्छ । होईन भने सुतेका हिन्दूहरु जाग्ने छन् । माला बाक्नेहरु भाला बोक्न बाध्य हुनेछ  ।  यदि मुलुकमा  यस्तो अवस्था आयो भने  कसैको  कल्याण हुँने संभावना रहदैन  ।

अस्मिता भण्डारी, अध्यक्ष / महिला संचार समुह

  Anup_20160801_7झण्डै दुई दशक देखि नेपालको आम संचारमाध्यममा सक्रिय रहदै आउनु भएकी अस्मिता भण्डारी संचार जगतमा स्थापित नाम हो मोफसलबाट आफ्नो पत्रकारिता क्यारिएरको सुरुवात गर्दै मुलधारको पत्रकारिताको समेत रस्वादन गरिसक्नु भएकी भण्डारीले पत्रकारितामा मात्र नभएर नेपाली साहित्यका विभिन्न बिधामा समेत कलम चलाउँदै आउँनु भएको छ । त्यसो त उहा नेपालको राजनीतिमा समेत दखल राख्नु हुन्छ । उहालाई एक राजनीतिक विश्लेषक रुपमा समेत चिनिन्छ। नेपालको आम संचार माध्यम निष्पक्ष र उत्तरदायी हुन नसकेको विचार व्यक्त गर्नु हुँने भण्डारी समसामायिक प्रसंगमा केन्द्रीत रहेर हाम्रा सहकर्मीले गर्नु भएको विस्तृत वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

राष्ट्र निर्माणमा सञ्चार माध्यमको भुमिका कस्तो रहनु पर्छ ? 
राष्ट्र निर्माणमा सञ्चार माध्यमको अहम , उत्तरदायि भुमिका रहन्छ तर , बिडम्बना हाम्रो देशको संचार माध्यमले राष्ट्र निर्माणका लागि भुमिका खेल्न सकेन । गुण्डा र घुसखोरिको हातमा र पैसाको बलमा गयो सञ्चार माध्यम । मुलुको न्यायपालिका, व्याब्थापिका र कार्यपालिका संगै चौथो अंगका रुपमा रहेको आम सञ्चार पनि मुलुक हाल राजनीतिक रुपमा यो अबस्थामा पुगनुमा दोषि छ। कुन गुटको व्यक्तिलाइ  मन्त्री बनाउने र , आफ्नो अभिष्ट पूरा गर्ने भन्ने सवालमा सञ्चार माध्यम केन्द्रीत रहेको देखिन्छ । ।  त्यस्तै  सञ्चारमाध्यममा  राजनीतिक दलका नेताको   आर्थिक लगानीका कारण  कतिपयराष्ट्रिय मुद्धाको सवालमा समेत आज  हाम्रो सञ्चार माध्यम मुकदर्शक बनेर निरीह बनेर बस्न बाध्य भएको  देखिन्छ  ।

पत्रकारिता संगै राजनीतिमा समेत सक्रिय हुनुहुन्छ नि ? 
म राजिनामा सक्रिय भएको भन्न मिल्दैन , किनकि म कुनै पनि राजनीतिक दलको सदस्य छैन । र, म कुनै पनि पार्टीको सरकार आए पनि राजनीतिक नियुक्तिका लागि सिफारिसमा म पर्दिन । यो कुरामा म मेरो स्वाभिमान देख्छु । तर, यो मुलुकको एउटा साधारण नागरिकको नाताले देशमा भएका , गराइएका राजनीतिक घटनाक्रमलाई नजिकबाट अध्ययन भने गरिरहेको छु ।

राजनीतिमा छैन भन्नू हुन्छ बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको सचिव हुनुहुन्छ ?
हो, बिश्व हिन्दु महासंघमा छु ।तर, यो राजनीतिक पार्टी त होईन नि , यो त सामाजिक , धार्मिक संस्था हो नि।यो कुनै पार्टीले चलाएको होईन । यो त संसार भरिका हिन्दु, सिख , जैन र बौद्ध धर्मावलम्वी प्रति सरोकार राख्ने अन्तर्राष्ट्रिय स्तरको उच्चतम संस्था हो। हाम्रो देशको सनातन धर्म सहितको हिन्दू संस्कृति भनेको नै संसारमा हाम्रो गौरबमय पहिचान हो। मैले कुनै वाद वा ब्यक्तिको गुण गााएको होईन ,म यो देशलाई हिन्दु अधिराज्य नै कायम राख्नु पर्छ भन्ने मान्यता राख्छु ८४ प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्बी भएको देशमा जनता संग एक पटक सम्म पनि छलफल नै नगरि , बिश्व हिन्दु महासंघ संघको समेत कुनै धारणा नै नबुझी जनतालाई थाहै नदिई धर्म निरपेक्ष गर्ने अधिकार यो काङ्ग्रेस , एमाले , माओवादी र , मधेसी दललाई कस्ले दियो ?   धर्म निरपेक्षताका कारण नै हाम्रो देशको राष्ट्रियता संकटमा   परेको हो ।

ब्यक्तिको वकालत गर्दिन भन्नू हुन्छ , पूर्व राजा जहाँ जहाँ गए , उहाको सहयोगीको रुपमा साथै पुग्नु हुन्छ नि ?
हो, ठिक भन्नू भयो , राजाको भिजिटमा गएको छु , जान्छु । राजा सबैको साझा हुनाले ब्यक्तिका रुपमा मात्र परिभाषित गर्नु हुन्न ।यो देशको राष्ट्रियता अहिले खतरामा परेको छ , राजसंस्था र हिन्दुधर्मलाई बिदेशीको ग्रयाइण्ड डिजाइनअनुसार पाखा लगाउनाले देशैअब रहला कि नरहेको स्थितिमा पुगेको छ।

राजनीतिक मुद्दा बोकेको पार्टी राप्रपा नेपालले के पि ओलि नेतृत्वको सरकारलाई समर्थन गरे पछि तपाईंहरूको मुद्दा सकिएन ?
त्यो कुरा कमल थापाहरुको पार्टीको कुरा हो , यो भ्रम नपालौ कि कमल थापाले मात्र या उहाको पार्टी ले मात्र हिन्दू धर्म र राजाको वकालत गर्ने बैधानिकता हासिल गरेको छ भन्ने । भोलि  अन्य दलले आफ्नो त्रुटि महसुश गरि राजा र हिन्दूराष्ट्र त हटाउन हुन्नथियो  भन्नको  लागि    कमल थापको  आदेश लिनु पर्ने कुरा नगरौ न ।

हिन्दूराष्ट्रको निम्ति तपाईंहरूको के गर्दै हुनु हुन्छ ?

मुलुकको मुलभूत एजेन्दामा केन्द्रीत  रहेर नेपाल र नेपालीको कल्याणका लागि   यहि कार्तिक  ४,५र६गते बिराट हिन्दू महा सम्मेलनको आयोजना गरि नेपाललाई अभिलम्ब धर्म सापेक्ष घोषणा गरियोस् भन्ने उद्देश्यले विभिन्न मुलुक मा रहेका हाम्रो च्याप्टरहरु , भारतबाट चारै शंकराचार्य , विभिन्न देशका कुटनैतिक नियोगका प्रतिनिधिका बिचमा व्यापक छलफल गरि नेपाललाई हिन्दु राष्ट्र बनाउनका निम्ति यो सम्मेलनले पहल गर्ने छ। राजनीतिक दलले पनि यस कार्यमा सहयोग गर्नु पर्छ । बिगतमा  गरिएको गल्तीलाइ   सच्याउँदै   देशलाई बिकासको मार्ग  अग्रसर गराइनुपर्छ   । यसको लागि   यो संविधान  खारेज गरि सबै बर्ग , समुदाय , लाई समेटेर नेपालीको अपनत्व महसुस हुन सक्ने संबिधान बन्नु पर्छ । होईन भने सुतेका हिन्दूहरु जाग्ने छन् । माला बाक्नेहरु भाला बोक्न बाध्य हुनेछ  ।  यदि मुलुकमा  यस्तो अवस्था आयो भने  कसैको  कल्याण हुँने संभावना रहदैन  ।

हिन्दूअधिराज्य हुदाँ र नहुँदा तात्विक भिन्नता चाही के रह्यो   त ?

संसारको एउटै मात्र हिन्दु राष्ट्रको पहिचान भएको देशलाई बिदेशीको योजना अनुसार पैसाको आडमा धर्म निरपेक्ष घोषणा गर्दै    हिन्दु धर्मको नकारात्मक प्रचारप्रसार  सहित  मुलुकमा   क्रिश्चियन लाई हावि गराउने  जुन प्रयास भएको छ ।  यसले   नि:सन्देह  धार्मिक युद्दको संखघोष  गरेको  छ । त्यस्तै  यसवीचमा  राजासंग धर्म जोडीएकाले   राजालाइ    पाखा लगाउन धर्म हटाएको हो भन्ने जस्ता भ्रामक  प्रचार पनि गरियो  । जसको परिणाम आज हाम्रो राष्ट्रियतामाथि चौतर्फी  यति ठुलो प्रहार भएको छ ।  अब यो मुलुक नै रहला कि नरहलाको अबस्थामा पुगिसकेको छ ।   जसरी अहिले  बिदेशीको  इशारामा मुलुकको   भौगोलिक आधारमा, लिङ्गका आधारमा, जात र नश्लका आधारमा कायम रहदै  आएको नेपालीको एकतामा बिभाजन ल्याउने   प्रयासको  प्रारम्भिक योजना अनुरुप   नेपाली जनताको   चाहना  विपरित   नियोजितरुपमा  संघीयता , धर्म निरपेक्षता र गणतन्त्र वकालत  गरिएको  छ त्यसले केवल   देशमा गृहयुद्धको संभावनालाइ  बढावा दिएको  छ ।  तपाइनै भन्नुस   पहिचान सहितको जातिय राज्यको जुन माग छ , त्यसले देशलाई कुन अवस्थामा पुर्‍याउनेछ । त्यस्तै  आज नेपालीले  आफ्नो सरकार आफैले बनाउने हैसियत  परोक्षरुपमा  खोसिएको  छ ।   यो वा त्यो बहानामा  सोझा सिधा र मिनुखा नेपालीलाइ अभिभावकत्व विहिन  बनाईएको  छ ।  यहाँसम्मकी   आफ्नो प्रधानमन्त्री नेपाली आफैले बनाउन पाउदैनन् । बिदेशीले यति महिना यो प्रधानमन्त्री त्यसपछि अर्काको पालो भनेर निर्धारण गर्छ भने हामी कस्तो राष्ट्रियता बाचि रहेका छौं  ?   हाम्रा नेता कस्तो स्वाभिमानमा  वाचेका छन् र उहाहरुबाट जनताले के अपेक्षा गर्ने ?   हो यि र यस्ता  राष्ट्र र राष्ट्रिय एकतालाइ विभाजित हुन नदिन  मुलुकका नागरिकमा  अभिभावकत्वको  महसुस गराउँन   र  धार्मिक सहिष्णु सहित  मुलुकको माटो अनुरुपको  शासन पद्धतिको  अङगीकार गर्दै अनेकतामा विभाजित मनस्थितीलाइ एकताको सूत्रमा बाँध्नेकाम  हिन्दूराष्ट्रले  गर्ने सवालमा  कसैको दुइमत नभएको म ठोकुवा   गर्न सक्छु  र हिन्दूअधिराज्य विना मुलुकको समृद्धिको कामना  गर्नु  दिवास्वप्न मात्र  हुँनेछ ।