शनिबार, बैशाख २२, २०८१

मनी र मसलको दवदवा एवम् शैक्षिक विभेदको समुल अन्त्यको लागि मेरो उम्मेदवारी

bishwamitra rijal-3 : विद्यार्थी नेता रिजाल

आम नेपाली विद्यार्थीको हकहितको पक्षमा वकालतगर्दै शिक्षा क्षेत्रको सुधार र विकासका लागि करिव आधा शताव्दी देखी क्रियाशील नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको बिषयलाई लिएर यसको मातृ संस्था नेपाली काँग्रेस पछिल्लो समय नेपाली राजनीतिमा आलोचित हुदै आएको थियो ।

यसै पेरिफेरीमा नेपाली काँग्रेस भित्र लामो समयदेखी कोइराला परिवारले गर्दै आएको नेतृत्वको अन्त्यसंगै लामो समयको अन्तरालमा हुनलागेको नेपाल विद्यार्थी संघको आसन्न ११ औ महाधिवेशनलाई अर्थ पूर्ण रुपमा हेरिएको छ भने आगामी श्रावण २३ बाट राजधानीको भृकुटी मण्डपमा हुन गइरहेको नेपाली काँग्रसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेसन अहिले नेपाली राजनीतिमा चर्चाको बिषय बनेको छ ।

महाधिवेसनको घोषणा संगै अहिले देशभरी बाट उमेद्ववारीको घोषणा समेत हुन थालेका छन् । यस्तै उम्मेदवारी घोषणा गर्नेहरु मध्यका एक हुन सर्लाहीका विद्यार्थी नेता विश्वामित्र रिजाल , करिव डेढदशकदेखी बिधार्थी रानीतिमा सक्रिय रिजाल , संगठनको क्यापस इकाई सदस्य देखी हाल सर्लाहीको सभापति सम्म बन्न सफल भएको र आफुले सर्लाहीमा बिद्यार्थी संगठनलाइ क्रियाशील बनाउँदै मुलुकमा सघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागी महत्वपूर्ण योगदन पु-याको दाबी गर्नु हुन्छ
यसै प्रसंगमा २ नं प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएका सर्लाहीका सभापति रिजालसंग कान्तिपुर हटलाइनका लागि जिल्ला संवाददाता कृष्ण थपलियाले गर्नुभएको वृहत कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईको उमेद्ववारी केका लागी ?
मुलुकको वर्तमान शिक्षा जगतमा देखिएको शैक्षिक विभेदको अन्त्यसंगै ,सर्वसुलभ शिक्षा आर्जन गर्ने मार्ग प्रसस्त गर्दै बैचारिक आन्दोलन सहितको शैक्षिक क्षेत्रको पुर्नसंरचना गर्नु आजको आवश्यकता भएको छ । यस अर्थमा पनि करिव १६ वर्ष देखी बिद्यार्थी आन्दोलमा सक्रिय रहदै प्राप्त अनुभवको प्रक्षेपण गर्नु मेरो उम्मेदवारीको प्रमुख लक्ष्य हो ।

केन्द्रमा जित्छुभन्ने पुरै बिश्वास छ ?
धेरै बिश्वस्त छु ।

यसका आधार नी ?
आधार संगठन र लगनशिलता हो । मेरो डेढ दशक को अनुभव छ । ग्रासरुट देखिनै विभिन्न आरोह अवरोह छिचोल्दै यहाँ सम्म आएको छु । म संगठमा सक्रिय रहदा देशको अवस्था सहज थिएन । कती साथीहरु यसवीचमा अन्य दलको पुच्छर भए । तर म संगठन बिस्तारमा सक्रिय रहेकै कारण संगठन प्रतिको मेरो लगावले गर्दा उनिहरुकै आग्रहमा उम्मेदवारी घोषणा गरेको हो

साथिहरु संग भेटघाट गर्दै हुनुहुन्छ ?
अधिवेसन आई सक्यो भेटघाट त गर्नै प-योनी ।

महाधिवेशनको मिति नगिचिदै गर्दा सघमा २ खेमा देखिएको छ । तपाई कुन खेमाको ?

नेवि संघमा मात्र होईन नेपालका सवै रानीतिकदल यो रोगबाट ग्रसित छ र एउटा जीवन्त संगठनमा हुन्छ पनि । जहाँ सम्म तपाईको खेमाको प्रश्न छ ,म खेमा रहित संगठन बनाउनु पर्छ भन्नेमा मेरो जोड रहेको छ ।

त्यसो भए तपाईको अध्यक्ष चाही को त ?
साझा उमेद्ववार होस भन्ने चाहनामा छु ।

त्यो सम्भव छ ?
संगठनको शवलीकरण एवम् मजबुतिका लागि लोकतन्त्र बलियो बनाउन यो हुन आवश्यक छ ।

नेबिसंघ भित्र तत्काल सुधार्नु पर्छ भन्ने तपाइलाई लागेको कुनै पक्ष के छ ?

त्यस्तो धरै सुधार्नै पर्ने त देख्दिन् । यद्यपी तपाइको प्रश्नको आशय अनुरुप भन्ने हो भने नेबिसंघमा मात्र नभई मुलुकको समग्र राजनैतीक .वृतमा मनी र मसलको जुन दवदवा छ यसको समुल अन्त्य गर्नु एकदमै जरुरी भइसकेको छ । यसकालागि बैचारिक दृष्टिकोणबाट राजनीतीमा यूवा सहभागीताको वातावरणलाइ प्रोत्साहित गरिनु पर्छ भन्ने मेरो बुझाइ रहेको छ ।

संवृद्घ राष्ट्रनिमार्णका लागि संविधानको कार्यान्वन ,गुणस्तरीय र सर्वसुलभ शिक्षाको लागि ११ औं महाधिवेशन भन्ने नारा कार्यान्वयन गर्न सकिन्छ ?

मुल मुद्दै त्यहीहो सजिलै सकिन्छ ।