मङ्लबार, जेष्ठ १, २०८१

प्रधानमन्त्रीमा अध्यक्ष दाहालको एकल उम्मेदवारी दर्ता , एमालेले उम्मेदवारी दिएनन, दाहालका विरुद्धमा मतदान गर्ने

काँग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच ३ बुँदे सहमति

काठमाडौ श्रावण १८,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधवार व्यवस्थापिका संसदमा बहुमतिय प्रक्रियाबाट ३९औं प्रधानमन्त्री चयनका लागि हुँने निर्वाचनका लागि एकल उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष दाहालको उम्मेदवारीको प्रस्तावकमा काँग्रेस सभापति शेरबहादुर देउवा र समर्थकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता Prachanda-Dahalसर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेकपा (संयुक्त)का जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सांसद चन्द्रेश्वर झा लगायत  १६ दलले  समर्थन   जनाएका   छन ।  आजै अपराह्न ४ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । बुधबार बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णयार्थ मतदान प्रक्रियाबाट प्रमको चयन गरिने संसद सचिवालयले जनाएको छ ।

यसैवीच बुधवार हुने प्रमको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन आवश्यक सहयोग गर्न भन्दै काँग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच ३ बुँदे सहमति भएको छ ।  ३ दलवीच भएको सहमतिमा मोर्चाले यसअघि उठाउँदै आएका मागको तत्काल सम्बोधन गर्ने, संविधान संशोधन सहमतिका आधारमा गर्ने रहेको छ । त्यस्तै संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी सार्वजनिक कार्यतालिका अनुसार मङ्गलबार बिहान ११ बजेदेखि ४ बजेसम्मको समयसिमा निर्धारण गरे अनुरुप यसवीचमा प्रम निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको वाहेक अरु उम्मेदवारको उम्मेदवारी दर्ता दर्ता नभएको सचिवालयले जनाएको छ ।

यसअघि नेकपा एमालेले प्रधानमन्त्रीको निर्वाचनमा पार्टी उपाध्यक्ष वामदेव गौतम वा संसदीय दलका उपनेता सुवास नेम्वाङ मध्ये एकलाइ प्रधानमन्त्री उम्मेदवार बनाउँने बताईए पनि प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको स्थायी कमिटीको बैठक पछि आफ्ना तर्फबाट उम्मेदवारी नदिने नितिगत निर्णय गर्दै एमालेले नेपाली काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहालका विरुद्धमा मतदान गरी जिम्मेवार प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031