आइतवार, जेष्ठ ६, २०८१

माओवादी केन्द्रको पोलिटब्युरोको बैठक: आगामी पौषको तेस्रो हप्ता महाधिवेशन मिति प्रस्ताव

काठमाडौ आषाढ २३,   नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा जारी पोलिटब्युरोको बैठकले आगामी पौषको तेस्रो हप्ता अर्थात २३ देखि २८ गतेसम्म महाधिवेशन गर्ने गरि महाधिवेशनको मिति प्रस्ताव गरेको छ ।

download-2एमाओवादी, नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत विभिन्न दश वटा माओवादी घटक तथा समूहको एकतापछि गठन भएको माओवादी केन्द्रले महाधिवेशनको मिति तय गरेको हो । यसको लागि केन्द्रले भाद्र १ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । यसअघि आगामी आश्विनमा महिनाभरी नगर तथा जिल्ला सम्मेलन मङ्सिरमा ै प्रदेश सम्मेलन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको थाहा भएको छ ।

साथै राष्ट्रिय सहमतिको सरकारको विषयमा भने बैठकले त्यस्तो कुनै ठोस निर्णय भने नगरेको यस सम्बन्धमा आवश्यक निर्णय लिन पार्टीको केन्द्रीय कार्यालयलाई जिम्मा दिइएको बताइएको छ ।