बुधबार, बैशाख १९, २०८१

माओवादी केन्द्र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारबाट बाहिरिदै

प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच भद्र सहमतिको सवालमा मनमुताव

काठमाडौं आषाढ २४ , नेकपा माओवादी केन्द्र आइतबार सरकारबाट बाहिरिने भएको छ । यसअघि भएको ९ बुँदे सहमति कार्यान्वयन oli kp bijayaनहुँनुको अलावा वर्तमान गठबन्धन सरकारमा बस्दै गर्दा माओवादी केन्द्रको प्रभावकारिता दिनानुदिन ओझेलमा पर्दै गएको निष्कर्ष सहित माओवादी केन्द्र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारबाट बाहिरिन लागेको हो ।

त्यसो त आज विहान बोलाईएको मन्त्रीपरिषद बैठक पूर्व प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच बालुवाटारमा भएको छलफलमा सरकार परिवर्तनको सवालमा यसअघि भएको भद्र सहमतिको कुरा नमिलेपछि एकाएक हाइ टेम्परमा आएका प्रम ओलीले कार्यसूचीमा नै प्रवेस नगरी मन्त्रीपरिषद बैठक समेत स्थगन गर्दै वाहिरिनु भएको थियो ।
माओवादी स्रोतका अनुसार माओवादी केन्द्रको प्रत्येक औपचारिक वा अनौपचारिक बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कडा आलोचना अुनुको अलावा कृष्णबहादुर महरालगायतका नेताहरुले तत्काल एमालेसँगको सम्बन्ध तोड्नु पर्नेमा दिदै आएको जोड र प्रमुख सत्ताघटक एमालेले माओवादी केन्द्रको तर्फबाट सरकारमा सामेल मन्त्रीलाइ गर्ने गरेको रुखो व्यवाहरका कारण समेत प्रम ओली संगको घेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाइ ‘मैंले थाम्न नसक्ने भएँ, सरकारबाट समर्थन फिर्ता लिनुपर्ने भयो भन्दै पार्टीभित्र पनि अप्ठ्यारोमा परेको बताउँदै गर्दा प्रम ओली जे मन लाग्छ गर्नु भन्दै प्रम एकाएक हाइ टेम्परमा आएको बताइएको छ । त्यसपछि माओवादी केन्द्रले सरकारबाट वाहिरिने तयारी गरेको र संभवत आइतबार सरकारबाट फिर्ता भएको पत्र बुझाउने प्राय निश्चित भएको स्रोतको दावी रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु