बुधबार, जेष्ठ ९, २०८१

विद्यमान गतिरोधको समाधानका लागि प्रम केपी ओली रअध्यक्ष दाहालबीच विशेष छलफल

बुधवारभित्र नितिगत निष्कर्षको पहिचान  गर्ने  सहमति

काठमाडौ आषाढ २७,  प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रमुख सत्तारुढदल नेकपा एमाले सत्तासाझेदारदल नेकपा माओवादी केन्द्रवीच देखिएको गतिरोधको समाधानका लागि एमालेका अध्यक्ष एवम्  प्रधानमन्त्री केपी ओली र  अध्यक्ष पुष्पकमल दाहालबीच छलफल oli kp bijayaभएको हो ।  बजेट पारित भएपछि नयाँ सरकार बनाउने भद्र सहमति भएको हो, अब त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्दै केन्द्रका अध्यक्ष दाहालले भन्दै गर्दा प्रम ओलीले सरकार कुन दिनसम्म रहन्छ र कुन दिन ढल्छ भन्ने दुविधा पालेर काम गर्न नसकिने बताउँदै बुधवारभित्र निष्कर्षको पहिचान गर्ने छलफल गर्ने गठबन्धनभित्र देखिएका  विद्यमान   असमझदारी अन्त्य गरी सहकार्यलाई थप सुदृढ ढङ्गले अघि बढाउने र  वर्तमान गठबन्धनलाई थप सुदृढ बनाई राष्ट्रिय सहमतिको स्वरुप दिने र त्यसका लागि दुवै पक्षले  आवश्यक पहल गर्ने नितिगत सझदारी भएको बताईएको छ ।

यसअघि आजै अपरान्ह सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउव र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालवीच पनि राष्ट्रिय सहमतिको सरकार गठन, संविधान कार्यान्वयन तथा मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको थियो । छलफलको क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकारका लागि सहयोग गर्न प्रस्ताव राख्नुभएको बताईएको छ ।