मङ्लबार, बैशाख १८, २०८१

पत्रकार अधिकारीको निधन पत्रकारिता क्षेत्रको अपूरणीय क्षति : महासंघ

काठमाडौं आषाढ १६, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य अग्रज पत्रकार भद्रनाथ अधिकारीको आषाढ १५ गते निधन भएको खवरले नेपाल पत्रकार महासंघले दु :ख प्रकट गरेको छ ।  ३ दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न ६६ वर्षीय पत्रकार अधिकारी दुई shok release 16 asarवर्षदेखि राजधानी काठमाडौं बस्दै आउनु भएको र यस विचमा पत्रकार अधिकारीको लडेर र मस्तिष्क रक्तश्राव भएपछि विगत आठ महिनादेखि उपचाररत हुनुहुन्थ्यो ।
पछिल्लो समय ग्रामीण समाचारपत्र पाक्षिकमा सम्पादक/प्रकाशकको रुपमा कार्यरत रहदै पत्रकारितामा लामो अनुभव संगालेका पत्रकार अधिकारीको निधनले पत्रकारिता क्षेत्रको अपूरणीय क्षतिको भएको जनाउँदै महासंघले अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ र दुःखको यस घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
स्वर्गीय अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।