मङ्लबार, बैशाख १८, २०८१

महासंघद्दारा प्रेस स्वतन्त्रता सेनानी भट्टराईको निधनप्रति दु:ख व्यक्त

काठमाडौं आषाढ १९, नेपाल पत्रकार महासंघ महासंघ रुपन्देही शाखाका सभासद् एवम् प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली  एवम्    शोकाकुल परिवारजनमा गहिरो shok release 19 asarसमवेदना प्रकट गरेको छ ।  पत्रकार भट्टराईको ह्दयघातका कारण आज विहान ५ः०० बजे ६६ वर्षको उमेरमा असामयिक निधन भएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा ३ दशकभन्दा लामो सययदेखि रुपन्देहीलाई कर्मथलो बनाई पत्रकारिता गर्दै आउनु भएका पत्रकार भट्टराईलाई २०७० सालमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको स्मरण गर्दै कला, साहित्यलगायत बेद, पूर्वीय दर्शन र बुद्ध दर्शनका समेत ज्ञाता रहेका बरिष्ठ पत्रकार भट्टराईको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य, जुझारु, अनुभवी र कुशल पत्रकार गुमाएको छ । यस घटनालाई महासंघले नेपाली पत्रकारिता क्षेत्रको अपूरणीय क्षतिका रूपमा लिएको जनाएको छ ।    स्वर्गीय भट्टराईका आमा, श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।