काठमाडौं ज्येष्ठ २६, नेपाल पत्रकार महासंघले महासंघका सभासद् सचिन रोकालाई पितृशोक परेको दुःखको यस घडीमा रोकासहित शोकसन्तप्त परिवाजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
महासंघका महासचिव उजिरमगरद्दारा आज जारी शोक विज्ञप्तिमा रोकाका पिता काशिराम रोकाको ७२ वर्षको उमेरमा ज्येष्ठ २३ गते निधन भएको उल्लेख गर्दै विज्ञप्तिमा मृतआत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।