मङ्लबार, बैशाख ११, २०८१

काठमाडौं युनियनद्दारा ‘सूर्यकुमार क्षेत्रीको स्मरणमा पत्रकारलाई सम्मान गरिने

 काठमाडौं ज्येष्ठ २६, नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले ब्रेन Captureट्युमरबाट निधन भएका नेपाल प्रेस युनियनका केन्द्रीय सचिव स्वर्गीय सूर्यकुमार क्षेत्रीको स्मृतिमा पत्रकारलाई सम्मान गरिने भएको छ ।

बैठकले ‘सूर्यकुमार क्षेत्री स्मृति पत्रकारिता सम्मान’ स्थापना गरी हरेक वर्ष पत्रकारितामार्फत योगदान पु-याउने व्यक्तिलाई सम्मान गर्ने निर्णय गरेको हो ।  यस्तै बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक विद्यमान सिफारिस न्यायोचित नभएको भन्दै निजामती कर्मचारीको अधिकृत सरह बनाउन माग गर्न सम्बन्धित निकायलाई दबाब दिने निर्णय सहित नेपाल प्रेस युनियन महिला विभागको आयोजनामा आगामी असार ३ र ४ गते काठमाडौँमा हुन लागेको राष्ट्रिय महिला भेलालाई सफल पार्न काठमाडौँ शाखा सक्रिय रहने निर्णय गरेको छ