मङ्लबार, बैशाख १८, २०८१

विद्यालय भवन हस्तान्तरण

काठमाडौं ज्येष्ठ २५, लायन्स क्लब अफ बायन बारु, मलेसिया, डिष्ट्रिक ३०८ बी १ को सहयोग एवम् लायन्स क्लब अफ बालाजु, विशाल बजार, दरवार मार्ग, पिस आईज तथा लायन्स क्लब अफ बालाजु युथ लियोको सहकार्यमा गत वर्षको महाभूकम्पबाट पूर्ण रुपमा ध्वस्त 1]मकवानपुर फुर्के बसन्त स्थित श्री बसन्त प्राथमिक विद्यालयको पुन निर्माण गरि गत आइतवार एक कार्यक्रमकावीच हस्तान्तरण गरिएको छ ।

सभासद शुभाष चन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा सम्मपन्न उक्त कार्यक्रमा लायन्स क्लब अफ बायन बारु, मलेसियाका संस्थापक अध्यक्ष लायन दातो गोहले विद्यालयलाइ पुन निर्माण गरिएको विधालय भवन सहित कम्पुटर, लापटप तथा प्राथमिक उपचारकिट उपलब्ध गराउँनु भएको थियो ।
कार्यक्रममा प्रोजेक्ट संयोजक लायन मणिश्री रत्न बज्राचार्यज्यूले उक्त प्रोजेक्टको बारेमा प्रकाश पार्नु भएको थियो भने सभासद तथा दातो गोहज्यूले परियोजनाको बारेमा प्रकाश पार्नु भएको थियो । लायन्स क्लबका पूर्व डिष्ट्रिक गर्भनर लायन गौतम मान श्रेष्ठ तथा लायन भूगोल शेरचन समेतको उपस्थिती रहेको थियो ।