शुक्रबार, बैशाख १४, २०८१

एसएलसी परीक्षाको नतिजा बिहीबार अपरान्ह सार्वजनिक गरिदै

भक्तपुर आषाढ १, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालमा चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालित एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार विहिवार बस्ने बोर्ड बैठकपछि अपराह्न ३ बजे शिक्षा विभागमा 1817960720_1442469070पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ ।

यसपटक परीक्षाको नतिजा अक्षराङ्क अर्थात ग्रेडिङ प्रणालीमा क्रमस ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा सार्वजनिक गरिने भएको छ । परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुरकतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएको पनिकाले जनाएको छ ।