बिहिबार, बैशाख २०, २०८१

फर्निचर व्यवसायीसंघ झापामा खजूम

बिर्तामोड ज्येष्ठा २४ , फर्निचर व्यवसायी संघ झापाको तेस्रो अधिवेशन तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै आज बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनको निर्वाचन प्रक्रियाबाट संघको अध्यक्षमा टेकबहादुर खजूम सर्वसम्मत चयन भएका छन् । उनी संघका f picसंस्थापक अध्यक्ष समेत हुन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा ओमभक्त प्रसाईं, उपाध्यक्षमा रामप्रित शर्मा, महासचिवमा चन्द्रप्रसाद गिरी, सचिवमा छत्र कार्की, सह–सचिवमा गोविन्दप्रसाद सिटौला र कोषाध्यक्षमा दीपक मेयाङ्वो लिम्बू चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मातृका पौडेल, राजकुमार दाहाल, श्रीकुमार शर्मा, यादव मिश्र र रत्नप्रसाद योङहाङ चयन भएका छन् ।

त्यसअघि जिल्ला वन अधिकृत बोधराज सुवेदीले प्रमुख अतिथिको रुपमा अधिवेशनको उद्घाटन गर्दै फर्निचर व्यवसायीका समस्या समाधानमा राज्यको तर्फबाट पहल गर्ने बताए । संघका अध्यक्ष भगीरथ लुइँटेलको अध्यक्षतमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख निर्मल ढकाल, नेपाली कांग्रेसका नेता लक्षण खड्का, नयाँ शक्तिका जिल्ला संयोजक कुमार क्षेत्री, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष भूपालबहादुर राई, वन पैदावर उद्योग व्यवसायी संघका अध्यक्ष चन्द्रबहादुर गुरुङ, निर्माण व्यवसायी संघ झापाका अध्यक्ष दीपेन्द्र पोखरेल, पत्रकार महासंघ झापाका सचिव एकराज गिरी, सामुदायिक वन महासंघका जिल्ला सचिव वेदप्रकाश भण्डारी, झापा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, बाणिज्य संघ शनिश्चरेका सचिव चतुर्भुज काफ्ले, कांग्रेस बिर्तामोडका कार्यवहाक सभापति लक्ष्मीप्रसाद आचार्य, राप्रपा नेपालका नगर अध्यक्ष शंकर रिजालले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रतिवेदन पेश गर्दै संघका अध्यक्ष लुइँटेलले व्यवसायीको हकहितका लागि संघ क्रियाशील रहेको जानकारी दिए । उनले फर्निचर व्यवसायीलाई एकीकृत, संख्या पहिचान लगायत एक रुपता निर्माणका लागि फर्निचर व्यवसायी संघको अनिवार्य सिफारिस बिना उद्योग, नवीकरण तथा दर्ता प्रक्रिया अगाडि नबढाई दिन घरेलु कार्यालयलाई आग्रह गरेका छन् । दर्ता भएका फर्निचर उद्योगका लागि आवश्यक विभिन्न जातका काठ नियम अनुसार उपलब्ध गराउन पनि अध्यक्ष लुइँटेलले सरोकारवाला निकायलाई आग्रह गरेका छन् । व्यवसायीले प्राप्त गरेको काठ, विभिन्न साइजमा चिरान गर्नुपर्ने, ठूला राउण्ड साथै विभिन्न डिजाइनमा कटिङ गर्नुपर्ने हुँदा अन्यत्र चिरानका लागि लैजाँदा पालो पर्खनुपर्ने, चिरान गर्नेले झञ्झट मान्ने भएकोले चिरान गर्न पाउने अधिकार समेत उनले व्यवसायीको तर्फबाट माग गरे ।

यसैबीच सर्वसम्मत चयन भएको कार्यसमितिले भूपालबहादुर राईलाई संयोजकमा चयन गर्दै सल्लाहकार समिति बनाएको छ । सहसंयोजकमा श्रीप्रसाद सिटौला र सदस्यहरुमा ज्ञानेन्द्रकुमार राई, गंगा चुडाल र रत्नकुमार गौरी रहेका छन् । त्यस्तै चण्डी कोइरालाको संयोजकत्वमा प्रवीण थापा र मानबहादुर कटुवाल सदस्य रहेको अनुगमन समिति बनाइएको छ । त्यस्तै पृथ्वी ओली संयोजक रहेर पुण्यप्रसाद प्रसाईं तथा चन्द्र खरेल सदस्य रहेको लेखा समिति समेत बनाइएको छ । पत्रकार महासंघ झापाका सचिव एकराज गिरी संयोजक तथा तीर्थराज खरेल र शिवकुमार समाल मगर सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031