शुक्रबार, बैशाख ७, २०८१

बुधवारेमा उद्घोषण तालिम

बुधवारे ज्येष्ठ २३ , विश्व वातावरण दिवसको अवसर पारेर झापाको बुधवारेमा आइतवारबाट उद्घोषण सम्बन्धी एक हप्ते तालिम शुरु भएको 1533975_l copyछ । ग्रामीण अपाङ्गता पुनस्र्थापना केन्द्र बुधवारेको आयोजना तथा बुधवारे गाविसको सहयोगमा रेडक्रस भवनमा तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन प्रमुख अतिथि गाविस सचिव बाशुदेव भट्टराईले गमलाको विरुवामा पानी लगाएर गरेका थिए ।

२० जना सहभागी रहेको तालिममा पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले उद्घोषणा कला सम्बन्धी प्रशिक्षण दिइरहेका छन् । संस्थाका अध्यक्ष तोयानाथ घिमिरेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्थानीय शान्ति समितिका संयोजक पूर्णकुमार सञ्जेल, ज्येष्ठ नागरिक समाज बुधवारेका अध्यक्ष लीला ढकाल, समाजसेवी दीनानाथ ढकालले शुभकामना व्यक्त गरेका थिए । संस्थाका सचिव चन्द्रबहादुर चौहानले स्वागत र उपाध्यक्ष भीमा राईले धन्यवाद ज्ञापन गरेको संस्थाकी कोषध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031