शुक्रबार, चैत्र १६, २०८०

सिपमुलक तालिम सम्पन्न

सुरुङ्गा ज्येष्ठ २४ ,  कनकाई नगरपालिका २ स्थित नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय समितिले ३ महिने विद्युत वायरीङ्ग एवं कम्प्युटर शिक्षा तालिम सम्पन्न गरेको छ । जामुनवारी सामुदायिक वनको सभा हलमा शनिवार एक विशेष समारोहका विच तालिमको समापन Captureगरीएको हो । स्थानिय स्तरमा रहेका विपन्न र वेरोजगार ६० जना युवाहरुलाई स्वरोजगार वनाउँने उद्येश्यका साथ तालिमको आयोजना गरीएको आयोजक समितिका सचिव दिवस राईले वताएका छन् ।  तालिममा २० जनालाई कम्प्युटर र ४० जनालाई विद्युत वायरीङ्ग सम्वन्धिको प्रशिक्षण दिइएको थियो ।

तालिम समापनसँगै प्रशिक्षार्थीहरुका तर्फवाट इन्द्र थापा मगर, निशा राई र लिला मगरले सिकेको सिपलाई व्यवहारमा उतार्ने प्रतिवद्घता जनाएका छन् । तालिम समापनकै अवसरमा नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय समितिका सल्लाहकार संयोजक समेत रहेका स्थानिय अग्रज व्यक्तित्व दिलवहादुर राईलाई विशेष सम्मान गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथी जामुनवारी सामुदायिक वनका अध्यक्ष परशुराम गिरीले सम्मानित व्यक्तित्व राईलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए । समाजमा आदिवासी जनजातीहरुको पहिचान वढाउँन अभिभावकको भुमिका खेलेको भन्दै राईलाई सम्मान गरीएको वताइएको छ । वडा समन्वय समितिका अध्यक्ष भानु खवासको सभापतित्व एवं सदस्य भगन चौंडेले स्वागत गरेको कार्यक्रममा समितिका कनकाई नगर अध्यक्ष धर्मराज राजवंशी, कोषाध्यक्ष गोकुल भुजेल, नेवा दय दवु कनकाई नगरका सचिव लक्ष्मणज्वेल श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव दिवस राईले गरेका थिए ।