काठमाडौ ज्येष्ठ १६, मदन भण्डारी आमसञ्चार प्रतिष्ठानले आज सरकारले शनिवार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको बजेटका सवालमा केन्द्रीत रहदै आयोजना गरेको आजको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै सञ्चारमन्त्री एवम् सरकार प्रवक्ता शेरधन राईले सरकारले आव २०७३ र०७४ को लागि प्रस्तुत गरेको बजेट प्रगतिशील बजेट भएको बताउँनु भएको छ । त्यस्तै उहाँले प्रस्तुत बजेटका बारेमा विभिन्न क्षेत्रबाट टीकाटिप्पणी आउनु स्वभाविक भएको भन्दै जनताको अपेक्षाअनुरुप भएको दावी गर्नु भएको छ ।
त्यस्तै कार्यक्रममा प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले सञ्चार जगतका लागि बजेट मौन रुपमा प्रस्तुत गरिएको टिप्पणी गर्दै गर्दा क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले बजेट प्रगतिशील र जनताको पक्षमा रहेको बताउनुभएको थियो । त्यस्तै आदिवासी पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङले बजेटले पत्रकारको समस्या अत्यन्तै थोरैमात्र समेटेको बताउँनु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र अर्यालले बजेटले सञ्चार जगत लाइ पूर्ण सम्बोधन नगरेपनि सञ्चार जगतको हकअधिकार सुनिश्चित गर्न निरन्तर लागिरहने बताउनुभएको थियो ।