शनिबार, बैशाख १५, २०८१

पत्रकारद्वय नेपाल र लामा सम्मानित

काठमाडौ ज्येष्ठ १४, तेज–तीर्थ पत्रकारिता पुरस्कारबाट आज पत्रकारद्वय जगत नेपाल र संगीता लामालाई सम्मानित गरिएको छ । पत्रकार
IMG_6211_sjh_roadphotography_tej_tirtha_trust_patrakar_samman_2073[1]नेपाललाइ युवा पत्रकार र लामालाइ पहिलो तामाङ भाषिको समाचार वाचिका एवम् क्रिशीयाल पत्रकारको रुपमा सम्मान गरिएको हो ।
ट्रस्टले आज आयोजना गरेको कार्यक्रममा रु ५० हजार राशि र प्रमाणपत्र प्रदान गर्दै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उक्त सम्मानबाट सम्मानीत गर्नु भएको हो । त्यस्तै सम्मान वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै मुलुकमा भएको परिवर्तनकारी आन्दोलनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको स्रमण गर्दै पत्रकारले जनता र समाजलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा ट्रस्टका अध्यक्ष एवम् पूर्व मन्त्री तीर्थराम डङ्गोल उपाध्यक्ष एवम् सासंद भीमसेनदास प्रधान, सम्मानित पत्रकार लामा र वरिष्ठ पत्रकार हरिहर विरही लगायतले बोल्नुभएको थियो ।