बिहिबार, बैशाख २०, २०८१

एमाले र एमाओवादीबीच सत्तागठबन्धनको सवालमा देखिएको मतभेड ९बुँदे सहमति सहित सहकार्यमा रुपान्तरण

काठमाडौ वैशाख २४, सत्तारुढ नेकपा एमाले र एमाओवादी बीच सत्तागठबन्धनको सवालमा देखिएको मतभेड अन्नत नौबँुदे सहमति सहित सहकार्यमा रुपान्तरण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गएराती अवेरसम्म भएको वार्तापछि दुई दलवीच संयुक्त सरकार गठन गर्दा भएका सहमति र समझदारीको प्रभावकारी कार्यान्वयन तथा आपसी विश्वास एवम् समझदारीलाई अझ सुदृढ पार्दै राष्ट्रका समग्र prachanda-kpसमस्या सम्बोधन गर्दै अगाडि बढ्ने सहमति भएको हो ।

प्रस्तुत सहमति अनसुार जारी संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणलाई द्रुत गतिमा अघि बढाउने र आर्थिक–सामाजिक रुपान्तरण त्यस्तै सङ्घीयतालगायत विषयमा तराई–मधेसकेन्द्रित लगायत राजनीतिक दलले उठाएका विषयमा छलफल गर्दै शान्ति सम्झौताको मर्मअनुरुप सङ्क्रमणलीन न्यायसम्बन्धी काम गर्न ठोस कार्यतालिकासहित प्रक्रिया अघि बढाइने, सहिद तथा बेपत्ता परिवारलाई यसअघिका मन्त्रिपरिषद्ले गरेका निर्णयअनुरुप राहत प्रदान गरिने, द्वन्द्वकालमा घरायसी कागजका आधारमा खरिद बिक्री गरिएका जग्गाको स्वामित्वलाई प्रस्तुत प्रमाणका आधारमा रजिस्ट्रेसन, सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका क्रममा घाइते भएकाको उपचार र जीविकोपार्जनका लागि उचित व्यवस्था गरिने, वर्गीकरण गरिएका घाइतेको उपचारका लागि गरिएको व्यवस्थामा आवश्यक वृद्धि गर्ने तथा सशस्त्र द्वन्द्वकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्दा फिर्ता, माफी र मिनाहाको प्रक्रिया अविलम्ब सुरु गर्ने लगायत राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गरिने र संविधान कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा संस्थागत कार्य प्रभावकारी रुपमा अघि बढाइने प्रसंगमा सहमति भएको छ ।123
छलफलमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन र उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सहभागिता रहेको थियो ।