बिहिबार, बैशाख १३, २०८१

सत्तागठबन्धनको निरन्तरताका लागि सत्तारुढ एमाले र एमाओवादीवीचको वार्ता जारी

काठमाडौ वैशाख २३, सत्ता साझेदार एमाओवादीले समर्थन फिर्ता लिने हल्लापछि सत्तारुढ दल नेकपा एमाले सत्ता साझेदार प्रमुख दल एमाओवादीबीच सत्तागठबन्धनको सवालमा देखिएको मतभेडलाइ सम्बोधन गर्न भन्दै जारी वार्ता राती अवेर सम्म पनि जारी रहेको छ ।
Baluwatar1प्रम निवास बालुवाटारमा जारी वार्तामा सरकार सञ्चालनमा देखिएको असमझदारी अन्त्य गरी आगामी कार्ययोजनाबारे दुई दलबीच घनिभूत छलफल पछि लिखित सहमति गर्ने तयारी भइरहेको समाचारस्रोतले जनाएको छ ।

वार्तामा एमालेका तर्फबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल , उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन लगायत सहभागी रहेका छन ।