मङ्लबार, बैशाख १८, २०८१

न्यूनतम पारिश्रमिक लागु नगराउन चलचेल भइरहेको काठमाडौं युनियनको आरोप

काठमाडौं चैत २४, नेपाल प्रेस युनियन काठमाडौं शाखाको आज बसेको बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक लागु नगराउन भइरहेको चलखेलप्रति आपत्ति जनाएको छ । शाखा अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा बसेको Captureबैठकले श्रमजीवी पत्रकार ऐनअनुसार गरिएको सिफारिस हुबहु कार्यान्वयन गर्नुपर्नेमा सरकारले नै अनावश्यक ढिलासुस्ती गरेको आरोप लगाएको छ ।
बैठकले तत्काल न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस कार्यान्वयनमा ल्याउन सञ्चार मन्त्रालयसंग माग गरेको छ ।
साथै न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ढिलाई गरिए आन्दोलन गर्ने चेतावनि समेत शाखाले दिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार मन्त्रालय मार्फत नेपाल सरकारलाई श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय बनाउन सिफारिस गरेको थियो ।