बिहिबार, चैत्र १५, २०८०

महासंघको साधारणसभा सम्पन्न गर्न विभिन्न १४ उपसमिति गठन

भरतपुर चैत २३ , नेपाल पत्रकार महासंघको आगामी वैशाख २१ र २२ गते चितवनमा सम्पन्न हुन गइरहेको केन्द्रीय साधारण सभाका लागि महासंघ चितवन शाखाले आवश्यक तयारीका लापग भन्दै विभिन्न १४ वटा उपसमिति गठन गरेको छ । यसअघि अध्यक्ष हरिप्रसाद FNJ-logo-300x2461पोखरेलको संयोजकत्वमा ६१ सदस्यीय स्थानीय मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।

महासंघको कार्यालयमा मंगलबार सम्पन्न बैठकले शाखा अध्यक्ष पोखरेलको संयोजकत्वमा स्टेयरिङ र स्वागत सत्कार, उपाध्यक्ष दिपेन्द्र बडुवालको संयोजकत्वमा आर्थिक संकलन, सल्लाहकार जनक अर्यालको संयोजकत्वमा आवास व्यवस्थापन, सल्लाहकार कृष्ण गिरीको संयोजकत्वमा स्मारिका सम्पादन समितिमा कोषाध्यक्ष होमनाथ सापकोटाको संयोजकत्वमा व्यवस्थापन र स्थानीय समन्वय, सहसचिव सविता श्रेष्ठको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको छ ।  बैठकले कार्यसमिति सदस्य शान्ता अधिकारीको संयोजकत्वमा सञ्चार प्रविधि, अनिल ढकालको संयोजकत्वमा मञ्च सजावट, गोविन्द घिमिरेको संयोजकत्वमा यातायात÷पार्किङ व्यवस्थापन, प्रविण दत्तको संयोजकत्वमा भोजन व्यवस्थापन लगायतका समति गठन ठरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैगरी मायाको चिनो व्यवस्थापनमा प्रकाश सिग्देल, स्वास्थ्य शिविर व्यवस्थापनमा प्रमिता ढकाल र मसलन्द व्यवस्थापनमा दुर्गाकुमारी रेग्मीलाई संयोजन गर्ने जिम्मेवारी दिइएको महासंघले जनाएको छ । तयस्तैगरि देशभरका करिब एक हजार छ सय पत्रकार प्रतिनिधिले भाग लिने साधारण सभा तयारी मूल समितिको बैठक भने केन्द्रीय अध्यक्ष डा। महेन्द्र बिष्टको उपस्थितिमा आगामी आईतबार बस्ने तयारी भएको महासंघले जनाएको छ ।