शुक्रबार, चैत्र १६, २०८०

महासंघको केन्द्रीय साधारणका लागि स्थानीय राजनीतिक दलसँग सुझाव सकलन

भरतपुर चैत २६
पत्रकारहरुको क्षमता अभिवृद्धि र सँगठनात्मक संरचनासँगै नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाले चितवनको समृद्धि, उन्नतीमा समेत विशेष भूमिका निर्वाह गर्ने चितवनका राजनीतिक दलका प्रमुखले बताएका छन् । महासंघको आगामी वैशाख २१ र २२ गते चितवनमा हुने साधारण सभाका सम्बन्धमा जानकारी गराउने उद्देश्यले शुक्रबार भरतपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा साधारण fnj meeting 12-26सभा सफलताका पछाडि समग्र चितवनको समेत इज्जत जोडिएकाले यसलाई सफल बनाउन लागिपर्ने उनीहरुले प्रतिबद्धता जनाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
‘हामी सबै राजनीतिक कार्यकर्ता, उद्योगी व्यवसायी, स्थानीय निकाय र प्रशासन एवम् चितवनका बासिन्दासँग साधारण सभा सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गरिदिनुहुन सामूहिक आव्हान गर्दछौँ ।’–नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने ।
‘राम्रो व्यवस्थापन भएन भने चितवन बदनाम हुन्छ । यसैले दलहरुले एक्लाएक्लै सहयोग र शुभकामना दिनुभन्दा सामूहिक भावनाले सोचौँ ।’– श्रेष्ठले भने,‘यसले चितवनका राजनीतिक दलहरुको एकता सन्देश देशभरका पत्रकारमा जान्छ ।’  कार्यक्रममा एमाले चितवनका अध्यक्ष जेएन थपलियाले चितवनबाट साधारण सभा सम्पन्न गरेर पत्रकारहरु गृहजिल्ला फर्कदै गर्दा यहाँको चिनारी देशव्यापी सन्देशप्रवाहका लाने किसिमको हुनुपर्ने बताए । ‘सामान्य त्रुटि भयो भने त हाम्रो समेत बदनाम हुन्छ ।’– थपलियाले भने ।
एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले साधारण सभा सम्पन्न गर्ने दायित्व राजनीतिक दलहरुको समेत भएकाले यसमा हुने खर्च र आम्दानी सबै सँस्थागत गर्न महासंघलाई सुझाव दिए । राप्रपा नेपालका अध्यक्ष बद्रि तिमल्सिनाले पत्रकारहरुको यो अभियानमा चितवनका दलहरु पनि सँगे छन् भन्ने किसिमले काम गर्नुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष रामहरि कँडेल, राष्टिय जनमोर्चाका डम्बर पुरी, नेमकिपाका मोहन चेपाङ लगायतले साधारण सभा हुने स्थान, प्रतिनिधिहरुको बसोबास र खानपानमा विशेष ध्यान दिन महासंघलाई सुझाव दिए । साधारण सभा सम्पन्न गर्न शाखाले अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा ६१ सदस्यीय स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । समितिमा महासंघको कार्यसमिति, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, छिमेकी जिल्लाका शाखा अध्यक्ष र पत्रकार रहेका छन् । साधारण सभामा देशभरका करिब १६०० पत्रकारको सहभागिता रहनेछ ।
साधारणसभालाई भव्यताका साथ सम्पन्न गर्न चितवन शाखाले आवश्यक काम अगाडि बढाइ विभिन्न उपसमिति गठन गरिसकिएको अध्यक्ष पोखरेलले जानकारी दिए । सम्पूर्ण केन्द्रीय प्रतिनिधिलाई साधारणसभाका लागि तोकिएको स्थानमा भाग लिने व्यवस्था गराउने भूमिकासम्बन्धमा पनि अन्तरक्रिया कार्यक्रममा छलफल भएको थियो । महासंघका उपाध्यक्ष एवम् आर्थिक समितिका संयोजक दिपेन्द्र बडुवालले साधारण सभामा लाग्ने अनुमानित बजेट प्रस्तुत गर्दै श्रोत संकलनका लागि भूमिका निर्वाह गरिदिन दलहरुलाई अनुरोध गरे । कार्यक्रममा सल्लाहकार एवम् आवास व्यवस्थापन समितिका संयोजक जनक अर्यालले २०५३ सालमा महासंघको महाधिवेशन चितवनमा हुँदा व्यवस्थापनका कारणले असफल भएको जानकारी गराउँदै यो साधारण सभा सफलताका साथ सम्पन्न गराएर ऐतिहासिक बनाउनुपर्ने बताए । कार्यक्रम शाखा अध्यक्ष हरिप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।