बिहिबार, बैशाख २०, २०८१

एसएलसीको छैठौं दिन महोत्तरीका २३ विधार्थीको परीक्षा रद्द

मनोज झा मुक्ति/महोत्तरी, २४ चैत्र
प्रवेशिका परीक्षा अर्थात एसएलसी परीक्षाको छैठौं दिनमा महोत्तरी जिल्लामा मर्यादाविपरीत काम गरेका १८ विद्यार्थी निष्कासित भएका छन् । मंगलवार स्वास्थ्य तथा जनसंख्या विषयका परीक्षा दिइरहेका महोत्तरीका ३वटा परीक्षाकेन्द्रबाट प्रमुख जिल्ला अधिकारी, नेपाल IMG_9294 IMG_9295प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धानका एसपी सम्मेलित टोलीले मर्यादा विपरीत कार्य गरिरहेका विद्यार्थीलाई आजको परीक्षाबाट निष्कासित गरेका हुन् । निरीक्षणको क्रममा टोलीले कन्या उमावि जलेश्वर परीक्षाकेन्द्रबाट ८ जना, सुकदेव उमावि सुगा भवानीपट्टी केन्द्रबाट ४ जना, श्रीराम उमावि मटिहानी केन्द्रबाट ६ जनाको स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षा रद्द गरेको हो ।

महोत्तरीमा पहिलो दिनको परीक्षामा यसै टोलीले वलबा र धमौरा केन्द्रबाट १२ जना, दोस्त्रो दिन बखरी,मनरा तथा खखना लोटना केन्द्रबाट ९३ जना, तेस्त्रो दिन महोत्तरी,पिपरा,रतौली तथा भ्रमरपुरा केन्द्रबाट ५८ जना परीक्षार्थीको परीक्षा रद्द गरेका थिए भने चौथोदिनमा रामगोपालपुर,सोनामाई,औरही तथा बिजलपुरा परीक्षाकेन्द्रबाट ११३ र पाँचौदिनको परीक्षामा जनता उमावि वर्दिवास,देउराली उमावि वर्दिवास, जनता सेकेन्डरी गौरीडाँडा तथा खयरमारा परीक्षाकेन्द्रबाट २३ जना परीक्षाको छैंठौंदिनसम्ममा महोत्तरीमा मात्र एसएलसी दिइरहेका ३१७ जना परीक्षार्थीको एक–एक विषयको परीक्षा रद्द भइसकेको छ ।