शनिबार, बैशाख २२, २०८१

संसदीय दलको नेताका लागि सभापति देउवा र बरिष्ठ नेता पौडेलद्दारा उम्मेदवारी दर्ता

काँग्रेस संसदीय दलको निर्वाचन विद्युतीय मतदानबाट

काठमाडौं चैत २३ , तत्कालीन सभापति एवम् दलका नेता सुशील कोइरालाको निधन भएपछि रिक्त रहेका दलको नेता चयनका लागि afe48fc978e711b2c4b0e82e9480a86aबुधवार हुने निर्वाचनको लागि आज उम्मेदवारी दर्ता गरिएको छ । संसदीय दलको नेताको चुनावको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फर्मुल्लाह मन्सुरको प्रस्ताव एवम् पद्मनारायण चौधरीको समर्थन त्यस्तै गरि बरिष्ठ नेता राम चन्द्र पौडेलले प्रकाशमान सिंहको प्रस्ताव एवम् महामन्त्री शशांक कोइरालाको समर्थकमा आफ्नो उम्मेदवारी दर्ता गराएको छन् ।

निर्वाचन समितिले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्न आज बिहान ९ बजेदेखि १२ बजेसम्मको समय निर्धारण गरेको थियो ।
बुधबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा मतदानको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी दर्तापछि पत्रकारसंग कुरा गर्दै सभापति देउवाले मधेसको समस्या समाधान गरी संविधान कार्यान्वयन गर्न र पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभएको थियो भने वरिष्ठ नेता पौडेलले संसदीय दलको निर्वाचन पार्टीको लोकतान्त्रिक अभ्यास भएको जिकिर गर्दै पार्टीलाई जिम्मेवारी बाँडफाँटका साथ एकताबद्ध  बनाउँन उम्मेदवारी दिएको बताउँनु भएको थियो ।

 

यसैवीच काँग्रेस संसदीय दलको निर्वाचन विद्युतीय मतदानबाट हुने भएको छ । त्यस्तै कार्यसमितिको निर्वाचनका लागि समितिले उम्मेदवारी दर्ताका लागि चैत २५ गते बिहान ११ देखि अपराह्न १ बजेसम्म समय निर्धारण गरेको छ । समितिका उम्मेदवारीको अन्तिम नामावली चैत २५ गते अपराह्न ५ः३० बजे प्रकाशन गरिनेछ । दलको सबै निर्वाचन कार्यक्रम पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ ।