शनिबार, बैशाख ८, २०८१

कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं चैत २३ तत्कालीन सभापति एवम् दलका नेता सुशील कोइरालाको निधन भएपछि रिक्त रहेको संसदीय दलको नेता चयनका लागि बुधवार हुने निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । कांग्रेसको निर्वाचन समितिले दलको नेताका लागि उम्मेदवारी दर्ता गर्न nc flageआज बिहान ९ बजेदेखि १२ बजेसम्मको समयसिमा तोकेको छ ।

त्यस्तै मनोनयन दर्ता गरेका उम्मेदवारको पहिलो चरणको नामावली दिउँसो साढे १२ बजे प्रकाशित गरिने जनाउँदै निर्वाचन समितिले उम्मेदवारको दरखास्त उपर दाबी विरोधका लागि साढे १२ बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ भने दोस्रो नामावली प्रकाशन दिउँसो साढे १ बजे गरिने जनाएको छ ।  साथै दलको नेताको उम्मेदवारको अन्तिम नामावली आजै दिउँसो २ बजे प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । अन्तिम नामावली प्रकाशित भएपछि बुधबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा मतदानद्दारा दलको नेता चयन गरिने भएको छ ।  संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्ने तयारी रहेको बुझिएको छ ।