मङ्लबार, बैशाख ११, २०८१

काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा १३९ मत प्राप्त गर्दै विजयी

01032016075920NC-1000x0काठमाडौँ चैत २४, नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले १३९ मत प्राप्त गर्दै दलको नेतामा निर्वाचित हुनुभएको छ । उहाँका किठम प्रतिद्धन्दी वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

  त्यस्तै संसदीय दलको नेताको निर्वाचनमा विजयी भएपछि सभापति  देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै  विजयीसंगै थप जिम्मेवारी  आफूमा  थपिएको बताउनुभएको थियो भने    वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तुत निवर्नचन  लोकतान्त्रिक पार्टीभित्रको आन्तरिक प्रजातान्त्रिक अभ्यास भएको जनाउ दिदै  र्विाचनमा    जितहारको कुनै गुन्जायस नभएको  जिकिर गर्नु भएको थियो ।

 त्यस्तै संसदीयदल कार्यसमितिको निर्वाचनका लागि  निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि चैत २५ गते बिहान ११ देखि अपराह्न १ बजेसम्म समय निर्धारण गरेको छ । समितिका उम्मेदवारीको अन्तिम नामावली चैत २५ गते अपराह्न ५ः३० बजे प्रकाशन गरिनेछ । दलको सबै निर्वाचन कार्यक्रम पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा  हुने भएको छ  ।