मङ्लबार, बैशाख २५, २०८१

देउवाद्वारा विद्यार्थी नेत्री स्वस्तिकाप्रति श्रद्धाञ्जली

काठमाडौं चैत्र १६, सोमबार सवारी दुर्घटनामा परि जिवन गुमाउँनु भएकी पद्मकन्या बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति स्वस्तिका पोखरेलको पार्थिव शरीरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाउनुभएको छ । नेपाल 12494838_10208555226335085_5268400797523619312_nविद्यार्थी सङ्घले आज बिहान श्रद्धाञ्जलिका लागि पद्मकन्या क्याम्पसमा राखेको पार्थिव शरीरलाई सभापति देउवाले पार्टीको झन्डा ओढाउनुभएको हो ।

श्रद्धाञ्जलिका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, बालकृष्ण खाँण, गुरुराज घिमिरे, गोविन्द भट्टराई, डा प्रकाशशरण महत, बद्री पाण्डे, जीवन परियारलगायतका नेताहरु पद्मकन्या क्याम्पस पुग्नुभएको थियो ।  उहाँको पार्थिव शरीरलाई आजै अन्त्येष्टि गरिने नेपाली काँग्रेसले जनाएको छ । यसअघि काँग्रेसले उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान ७ बजेदेखि १० बजेसम्म पद्मकन्या क्याम्पसमा राख्ने व्यवस्था मिलाएको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829