शनिबार, बैशाख ८, २०८१

तिरहुतियाको अध्यक्षमा झा

 काठमाडौं चैत्र १६, उपत्यकाका अल्पसख्यक रैथाने तिरहुतिया ब्राहम्णहरुको आधिकारिक संस्था तिरहुते ब्राहम्ण सेवा समितिको शनिवार कार्य विनायकमा बुङमतिमा सम्पन्न आठौ अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
शिवचन्द्र झाको अध्यक्षतामा निर्वार्चित ११ सदस्यीय  नयाँ कार्यसमितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमस अर्जुनप्रसाद मिश्र, श्रीजन झा र विद्याचरण झा रहनु भएको छ । त्यस्तैगरि कार्यसमिति सदस्यमा क्रमस भक्तराम झा, भक्ति गोपाल झा, सुजन कुमार झा , अमृतनाथ मिश्र राजेन्द्र झा र महिला सदस्यद्दयमा सहन मिश्र र साधना मिश्रलाइ निर्वाचित गरेको छ ।

यसअघि  व्यवस्थापिका  संसद सदस्य नविन्द्रराज जोशीले अधिवेशनको उदघाटनन सत्रलाइ सम्बोधन गर्दै जातीय हकहित र समाज सेवाको क्षेत्रमा समितिले खेल्दै आएको भूमिका आफैमा महत्वपूर्ण रहेको भन्दै  समितिले राज्यसंग गरिएको अल्पसख्यक कोटामा सूचिकृतको मागलाइ सम्बोधन गराउँन आफ्नो तर्फबाट हरसंभव प्रयास हुने बताउँनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रसको केन्द्रीय सदस्य समेत रहेको सासंद जोशीले समितिका निर्वतमान अध्यक्ष राजन मिश्रलाइ समिति प्रयोजनार्थ आफ्ना माता पिताको स्मरणमा व्यवस्था गर्नु भएको स्मृति कोषको लागि कदरपत्र सहित सम्मान गर्नु भएको थियो । कार्यक्रममा  पूर्व प्रशासकद्दय दिव्यचरण झा, प्रचन्द्रलाल झा र  उज्वल झा  वरिष्ठ कुटनितिज्ञ  केशवराज झा लगायतका    वक्ताहरुले समितिको  सफतलतको  कामना  गर्नु भएको थियो ।