शुक्रबार, बैशाख १४, २०८१

बढ्दो कालोबजारी नियन्त्रणका लागि ‘सडक बहस’

 

काठमाडौ चैत्र १६, नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले  आज राजधानीको  प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि   आयोजित ‘सडक बहस’ अभियान कार्यक्रमका सहभागी वक्ताले कालाबजारीलाइ    आवश्यक कारबाही गर्न माग गरेका छन् ।

कार्यक्रममा  यो वा त्यो बहानामा  बढ्दो कालाबजारीका  कारण देशमा पेट्रोलियम पदार्थ, ग्यासलगायत इन्धन सहज रुपमा भित्रिएको भए पनि आपूर्ति नियमित हुन नसकेको अवस्थामा सरकार निरीह भएर बस्न नहुने जिकिर    नेपाल पत्रकार महासङ्घका सभापति डा महेन्द्र विष्टले गर्नु भएको थियो भने   नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आर्थिक अनियमितता गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरी दण्डित गर्नुपर्ने जिकिर सहित    पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन सहकारी क्षेत्रलाई   जिम्मेवारी दिइनु पर्नेमा  आफ्नो अभिमत  प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल विधार्थी सङ्घका प्रवक्ता युपी लामिछाने,अधिकारकर्मी सुबोध प्याकुरेल, ज्योति बानियाँलगायतले  पनि कालाबजारीलाइ  हदैसम्मको  कारवाही गर्नु पर्नेमा जोड दिनु भएको  थियो भने अनेरास्ववियुका अध्यक्ष नवीना लामाले   साता व्यापी का लागि सुरु गरेको ‘कालोबजारी नियन्त्रण अभियान’ प्रभावकारी भएपछि त्यसलाई निरन्तरता दिने क्रममा आजदेखि नयाँ कार्यक्रम सुरु गरेको जानकारी दिनुभएको थियो ।