बुधबार, बैशाख २६, २०८१

राष्ट्रपतिबाट संविधानको पहिलो संशोधन विधेयक प्रमाणीकरण

काठमाडौ फागुन १६,  मुलुकमा जारी मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रमुख तीन दलहरुबीच भएको सहमतिअनुसार तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले संविधान संशोधनका लागि संसद्मा विधेयक दर्ता गराएको नेपालको संविधानको पहिलो संशोधन Capture12विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज आज प्रमाणीकरण गर्नुभएको छ । व्यवस्थापिका–संसदले गत माघ ९ गते पारित गरेको संविधानको पहिलो संशोधन विधेयक, २०७२’यसअघि प्रस्तुत विधेयकलाई सभामुख ओनसरी घर्तीमगरले प्रमाणित गर्दै प्रमाणीकरणका लागि संसद् सचिवालयले राष्ट्रपतिसमक्ष पेश गर्नुभएको थियो ।

नेपालको संविधानलाई संशोधन गर्न हालै बनेको विधेयकले संविधानका तीनवटा धारा क्रमस धारा ४२ मा सामाजिक न्यायको हकअन्तर्गत समावेशी सिद्धान्तको आधारमा भन्ने स्थानमा समानुपातिक समावेशी हुने व्यवस्था र धारा ८४ मा ‘भूगोल र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्ने’ भन्ने व्यवस्थाको सत्ता जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने  त्यसैगरी, धारा २८६ मा ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्दा एक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र कायम गरी जनसङ्ख्या मुख्य र भूगोललाई दोस्रो आधार मान्नुपर्ने’ व्यवस्था सहित संशोधन गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031