मङ्लबार, बैशाख १८, २०८१

झापामा खोज पत्रकारिता प्रशिक्षण सुरु

बिर्तामोड  फागुन १२, नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा तीन दिने खोज पत्रकारिता प्रशिक्षण आजबाट बिर्तामोडमा शुरु भएको छ । प्रेस स्वतन्त्रतताका लागि पत्रकार सुरक्षा, सामाजिक न्यायसहितको व्यवसायिक पत्रकारिता भन्ने नाराका साथ आयोजना गरिएको खोज पत्रकारिता प्रशिक्षण उद्घाटन समारोहका अतिथिले समाचार सामग्री तथ्य परक र खोजमुलक FNJ-logo-300x2461हुनुपर्ने र त्यस्ता सामग्री मात्र सम्प्रेषणयाग्य हुने बताए ।  पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले प्रमुख अतिथिको तर्फबाट उद्घाटन गरेको समारोह महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको थियो ।

विभिन सञ्चारमाध्यममा आवद्ध झापामा क्रियाशील ४० जना पत्रकारको सहभागिता रहेको प्रशिक्षणको सहजीकरण बरिष्ठ खोज पत्रकार हस्त गुरुङले गरिरहेको महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्ती, महासंघ झापाका सल्लहकार तीर्थ सिग्देल, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस युनियनकी उपाध्यक्ष इन्दू पूर्वेली, क्रान्तिकारी पत्रकार संघकी उपाध्यक्ष डण्डीराज घिमिरे, फोनिजका अध्यक्ष गणेशमान मुखिया, संघीय प्रेस फोरमका अध्यक्ष दिनेशराज नेम्वाङले शुभकामना व्यक्त गरेको महासंघका कोषाध्यक्ष प्रेम आचार्यले जानकारी दिए । उपाध्यक्ष तारामणि सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गिरीले गरेका थिए । प्रशिक्षण शुक्रवार सम्पन्न हुनेछ ।