शुक्रबार, चैत्र १६, २०८०

सम्पादक श्रेष्ठलाई पितृशोक

काठमाडौं फागुन ४,   नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक तथा मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई पितृशोक परेको छ । उहाँका ७४ वर्षीय पिता वरिष्ठ समाजसेवी भरतलाल श्रेष्ठको फागुन ३ गते सोमबार उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको shok release 4 fagunहो ।  नेपाल पत्रकार महासंघले आज एक शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुको अलावा शोकको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पितृशोकमा पर्नुभएका सम्पाद पुष्करलाल श्रेष्ठसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

पत्रकारिता क्षेत्रमा पनि उहा“को गहिरो अभिरुचि र लगाव रहेका श्रेष्ठ ५० वर्षदेखि समाजसेवामा समर्पित हुनुहुन्थ्यो । उहाँ विभिन्न संघ संस्थामा आवद्ध रही समाजसेवामा उल्लेखनीय काम गरेबापत डेनमार्क सरकारबाट उच्च सम्मान र नेपाल सरकारबाट गोरखा दक्षिणबाहुलगायत दर्जनौं उच्चसम्मान तथा पदकहरू प्राप्त गर्नुभएको थियो । रहेको थियो । स्वर्गीय श्रेष्ठका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।

यसैक्रममा .kantipurhotline.com को तर्फबाट पनि सम्पादका श्रेष्ठसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।