काठमाडौं फागुन १८, नेपाल प्रेस युनियनले कैलाली शाखाका अध्यक्ष तथा पत्रकार टेकराज जोशीलाई पित्रृशोक परेको छ। जोशीका पिता गोविन्दराज जोशीको ५४ बर्षको उमेरमा हृदयघातका कारण फागुन १८ गते मंगलवार निधन भएको हो। जोशीका टेकराज सहित २ छोरा रहेका छन्। युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा शोक वक्तव्य जारी गर्दै यस दुखद घडीमा स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त जोशी परिवारमा समवेदना प्रकट गरेको छ ।
यसैगरि, युनियनले पूर्व पार्षद तथा नेपाल पत्रकारमहासंघ नवलपरासीका संस्थापक सदस्य महेश थापाको निधन प्रति दुःख व्यक्त गर्दै शोकको यो घडीमा थापा परिवारमा समवेदना प्रकट गरेको छ ।