सोमवार, बैशाख २४, २०८१

सभापति कोइरालाको निधन मुलुकको लागि अपूरणीय क्षति : राष्ट्रपति

काठमाडौ माघ २६, राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनको समाचारले आफूलाई स्तब्ध र दुःखी तुल्याएको बताउनुभएको छ । सभापति कोइरालाको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीको Capture12तर्फबाट राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्दद्वारा आज जारी शोक विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धाका रूपमा कोइरालाले जीवनपर्यन्त खेल्नुभएको भूमिका सदा स्मरणीय रहिरहने उल्लेख गर्दै मुलुकले कोइराला जस्ता राजनीतिज्ञलाई

गुमाउनुपर्दा अपूरणीय क्षति पुग्न गएको उल्लेख गर्नुभएको छ ।
त्यस्तै विज्ञप्तिमा उहाँले राजनीतिक समन्वय र सहकार्यमा जोड दिई संविधानसभाबाट संविधान जारी गर्न प्रधानमन्त्रीका हैसियतले कोइरालाले खेल्नुभएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्र प्राप्ति, संरक्षण र संवद्र्धन कार्यमा समर्पित गर्नुभएको दिवङ्गत कोइरालाप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति समवेदना प्रकट गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031