बिहिबार, बैशाख १३, २०८१

संविधानको सफल कार्यान्वयननै कोइरालाप्रतिको सच्चा श्रद्धाञ्जली: नेतागण (फोटो फिचर)

काठमाडौं माघ २७ , कांग्रेस सभापति एवंम पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिन मुलुकका उच्च anup_20160209_1 anup_20160209_2 anup_20160209_9 anup_20160209_11 anup_20160209_19 anup_20160209_21 anup_20160209_22 anup_20160209_30 anup_20160209_35 anup_20160209_43 anup_20160209_48 anup_20160209_51 anup_20160209_58 anup_20160209_60 anup_20160209_64 anup_20160209_65तहदेखि विभिन्न तहर तप्काका व्यक्तित्वहरू सहित आज सर्वसाधारणहरु मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, मन्त्रीगण, विभिन्न पार्टीका नेताहरू, कांग्रेसका नेता तथा कार्यकर्ता, कलाकार, सर्वसाधारणले कोइरालालाई श्रद्धाञ्जलि दिए ।

कोइरालाको पार्थिव शरीर पार्टी कार्यालयबाट पार्थिक शरीरलाई दिउँसो २ बजे दशरथ रगशालामा अन्तिम श्रद्धाञ्जलीका लागि लगिएपछि  श्रद्धाञ्जलि दिन आएका सर्वसाधारणहरू केहीले कपाल काटेका थिए भने केही टाउको र जीउमा कांग्रेसको झन्डा बेर्दै ‘जय नेपालको नाराले संविधान पायो साराले शोकाकुल मुद्रामा नारा लगाउँदै थिए ।

कोइरालाको पार्थिक शरीरलाई आज दिउँसो २ बजेबाट अन्त्येष्टिका लागि रंगशालाबाट शवयात्रा आरम्भ गरिने छ । शवयात्रा मार्ग त्रिपुरेश्वर– पुतलीसडक–कमलपोखरी– मैतीदेवी–गौशाला–पशुपति आर्यघाटमा पुर्‍याइने कार्यक्रम छ । साँझ आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्तिम संस्कार गरिने भएको छ ।  त्यस्तै श्रद्धाञ्जली दिन आएका प्राय सवैदलका नेतागणहरुहरुले सुशील कोइरालालाई निष्ठावान् नेताको संज्ञा दिदै कोइरालाकै नेतृत्वमा असोज ३ मा संविधानसभाबाट जनताको संविधान जारी भएको स्मरण सहित संविधानको सफल कार्यान्वयननै कोइरालाप्रतिको सच्चा श्रद्धाञ्जली हुँने बताइरहेका थिए ।