बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद बैठक : कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने ,बुधबार सार्वजनिक बिदा

माघ २६ देखि २८ गतेसम्म तीन दिन नेपालभरका सरकारी कार्यालय,
विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय

काठमाडौ माघ २६ , प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सरकारले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । साथै बैठकले कोइरालाकोे mantriparisadदुःखद् निधनबाट नेपाल सरकार स्तब्ध भएको जनाउँदै बैठकले यस दुःखद् घडीमा दिवङ्गत कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य आवश्यक व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिनुको अलावा सभापति कोइरालाको निधनमा शोक मनाउन माघ २७ गते सार्वजनिक बिदा दिने र माघ २६ देखि २८ गतेसम्म तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

यस्तै सरकारले माघ २६ देखि २८ गतेसम्म कुनै पनि सार्वजनिक औपचारिक कार्यक्रम नगर्ने, माघ २८ र २९ गते परराष्ट्र मन्त्रालय लगायत विदेशस्थित नेपाली दूतावास र नियोगमा शोकपुस्तिका राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031