मङ्लबार, बैशाख १८, २०८१

मधेस आन्दोलनका क्रममा सुरक्षाकमी, आन्दोलनकारी र सर्वसाधारण गरि ५८ जनाको मृत्यु: गृह प्रवक्ता

प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रम :
काठमाडौ माघ १९,  सूचना तथा सञ्चार मन्त्रालयले सोमवार आयोजना गरेको प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्रालयका anup_20160201_2 anup_20160201_5 anup_20160201_6प्रवक्ता यादवप्रसाद कोइरालाले मुलुकमा नयाँ संविधान जारी भएपछि सुरु भएको मधेस आन्दोलनको क्रममा सुरक्षाकर्मी ११, आन्दोलनकारी र सर्वसाधारण ४७ गरी ५८ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।  त्यस्तै उहाँले कैलाली टीकापुर काण्डमा प्रदर्शनकारीबाट सुरक्षाकर्मी माथि भएको हिंसात्मक घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले आफ्नो कार्य सम्पन्न गरिसकेको जानकारी दिदै छानविन प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको बताउँनु भएको छ ।

त्यस्तै गरि कार्यक्रममा नाकाबन्दीको नाममा भइरहेको अत्यावश्यक वस्तुको कालोबजारी नियन्त्रणका लागि आवश्यक रणनिती तय भइसकेको र सो रणनितिक योजना कार्यान्वयनको क्रममा रहेको जानकारी दिनुको अलावा महाभूकम्प पिडितका लागि २३ जिल्लामा पहिलो चरणको राहत वितरण सम्पन्न हुँनको अलावा दोस्रो चरणको न्यानो कपडा खरिदका लागि प्रति परिवार रु १०,००० हजारका दरले वितरण गरिएको जानकारी दिनु भएको छ ।  त्यस्तै सुरक्षित समाजको अवधारणा कार्यान्वयनको लागि सिसिटिभी जडान त्यस्तै गरि रासाियनिक पर्दाथ तथा विष्फोटक पदार्थ को आयात इजाजतलाइ व्यवस्थित बनाउँन निर्देशिकाको मस्यौदा गर्नुको साथै लागुऔषध प्रयोगकर्ता र विक्री वितरण गर्ने अभियुक्तको पक्राउ राष्टिय परिचय पत्रको प्रणाली का लागि आवश्यक कामकारवाही भएको नाकारी दिनु भएको छ ।

त्यस्तै मुख्यमुख्य राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सहायक मार्गमा निर्वाधरूपले सञ्चालन हुने व्यवस्थापनका लागि सुरक्षा निकायबाट स्कटिङलगायतको आवश्यक सुरक्षा व्यवस्था गरिएको छ प्रवक्ता कोइरालाले बताउनुभयो ।  त्यस्तै कार्यक्रममा परराष्ट मन्त्रालयका प्रवक्ता दिपक अधिकारीले आगामी २०१६ मा नेपालमा हुँने सार्क काउन्सिल मन्त्रस्तिरिय बैठकको तयारी लगायतका विषयमा जानकारी दिनु भएको थियो । अर्थ मन्त्रालयका प्रवक्ता मुकुन्द प्रसाद पौडेलले राजस्वको परिचालन , बैदेशिक सहायकतको अवस्था र सार्वजनिक खरिदको अवस्था, राजश्व प्रणाली धितोपत्र र प्रम तथा दैवीप्रकोप उद्धार कोषमा भएको रकम निकासाको सवालमा जानकारी दिनु भएको थियो ।  त्यस्तै कार्यक्रममा शहरी विकास मन्त्रालयका प्रवक्ताले महाभूकम्प प्रभावित क्षेत्रमा गरिने सुरक्षित सामूहिक आवास निर्माण , लगायतका विषयमा जानकारी दिनु भएको ।