शुक्रबार, चैत्र १६, २०८०

सशस्त्रका निलम्बित महानिरीक्षक वन्त सहित ९ जना अधिकारी विरुद्ध मुद्दा दायर

६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको जिकिर

काठमाडौं माघ १८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्त सहित ९ जना अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ciaaअख्तियारले सशस्त्र प्रहरी बलका प्रमुख रहेको अवस्थामा महानिरीक्षक वन्तले समान ढुवानीमा गरेको अनियमिता प्रकरणको सम्बन्धमा अनुसन्धान पछि निजहरुले नक्कली बील भर्पाइ बनाएर भ्रष्टचार गरेको प्रमाणित भएसंगै वन्त सहित डिआईजी अरविन्द धिताल, एसपी जगत नारायण श्रेष्ठ, डिएसपी आनन्द थापा मगर, लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापा, नायव निरीक्षकहरु निलबहादुर श्रेष्ठ, देवेन्द्रकुमार श्रेष्ठ, लेखबहादुर खत्री र जवान मिलन अधिकारी विरुद्ध अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो , आज दायर मुद्दामा उनीहरुले ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैयाँको भ्रष्टाचार गरेको आयोगको जिकिर रहेको छ । त्यस्तै सदाज्योती र अदिती ट्रान्सपोर्ट विरुद्ध पनि मुद्दा दमयर गरिएको आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।