आइतवार, बैशाख २३, २०८१

यस्तो छ साग खेल्ने राष्ट्रिय फुटबल टोली

काठमाडौ माघ १७ , अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आइतवार आगामी माघ २४ गते भारतको गवाहाटीमा हुन लागेको दक्षिण downloadएसियाली खेलकुद (साग)को पुरुष फुटबलतर्फ २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

घोषीत टोलीको कप्तान विराज महर्जन, विक्रम लामा र नवयुग श्रेष्ठ सहित विकेश कुथू, एलान न्यौपाने, अमृत चौधरी, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजबंशी, मनबहादुर तामाङ, कमल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ र प्रकाश बुढाथोकी र अञ्जन विष्ट, विमल घर्ती मगर, रञ्जन विष्ट, सुमन लामा र सुनिल बल रहेका छन । त्यसैगरी टोलीको मुख्य प्रशिक्षकमा राजु शाक्य, गोलकिपीर प्रशिक्षकमा मृगेन्द्र मिश्र र व्यवस्थापकमा विराटजङ्ग शाही रहेको एन्फाले जनाएको छ ।